Logo

सोमवार, कार्तिक १० गते २०८३

images

करदाता प्रोत्साहन कार्यक्रम : २०० रुपैयाँको सामान किन्दा १० लाख उपहार

करदाता प्रोत्साहन कार्यक्रम : २०० रुपैयाँको सामान किन्दा १० लाख उपहार

बिहिवार, आश्विन १ २०८३
बिहिवार, आश्विन १ २०८३
  • काठमाडौं । करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत भदौ महिनाको विजेता घोषणा गरिएको छ । बिहीबार अर्थमन्त्रालयअन्तर्गत आन्तरिक राजस्व विभागले बिहीबार भदौ महिनाका लागि ३२ जना विजेता घोषणा गरेको हो ।

    विभागका कटियानी पोलिक्लिनिकमा २०० रुपैयाँको सेवा लिएका कुपन नम्बर ०४८९१५६१८२११ ले १० लाख रुपैयाँ जितेको छ । साथै १५ भदौसम्मको कार्यक्रममा सुनिता फेन्सी स्टोरबाट सात हजार रुपैयाँको सामान खरिद गर्ने उपहार कुपन नम्बर ०३६४४७८५२३७८ ले १० लाख रुपैयाँ जितेको छ ।

    यस्तै ३० जनाले जनही १ लाख ३३ हजार ३३४ रुपैयाँका दरले नगद पुरस्कार पाएका छन् । त्यस्तै प्रधानमन्त्री राहत कोषमा १ हजार रुपैयाँ भुक्तानी गरेका एक ग्राहकले१ लाख रुपैयाँ प्राप्त गरेका छन् । उनको कुपन नम्बर ०४२६१८४७७६२० रहेको छ । रसुवा बाढीपछि १५ भदौसम्म रोकिएको कार्यक्रम सरकारले आज विजेताहरू घोषणा गरेको हो ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    Copyright © All right reserved to digdarshan.com Site By: SobizTrend