Logo

शनिवार, कार्तिक ८ गते २०८३

images

राप्रपालाई पुनर्गठन गर्नुपर्छ  : राजेन्द्र लिङ्देन

राप्रपालाई पुनर्गठन गर्नुपर्छ  : राजेन्द्र लिङ्देन

मंगलवार, आश्विन २७ २०८३
मंगलवार, आश्विन २७ २०८३
  •  

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपालाई पुनर्गठन गर्नुपर्ने बताएका छन् । 

    मंगलबार एक कार्यक्रममा नेपाल सनातन धर्म संस्कृति संगठन काठमाडौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै लिङ्देनले आगामी महाधिवेशन राप्रपाको जीवनमा एउटा कोसेढुङ्गा साबित गर्नुपर्ने बताएका हुन् ।

    ‘यो महाधिवेशन एउटा प्रक्रिया पूरा गर्ने मात्र होइन। हरेक चार वर्ष, पाँच वर्षमा हामीले एउटा नयाँ नेतृत्व चुन्नुपर्ने, महाधिवेशन गर्नैपर्ने हाम्रो वैधानिक बाध्यता र त्यसकारण त्यो बाध्यता हामीले पूरा गरिराखेका छौँ, त्यो औपचारिकता पूरा गरिराखेका छौँ मात्र होइन। आउने महाधिवेशन राप्रपाको जीवनको एउटा कोसेढुङ्गा साबित गर्नुपर्ने छ हामीले । कतिपय सन्दर्भमा कुराहरू हुँदाखेरि हामीले कुनै पनि विषयलाई जोड दिएर भन्यौँ, उनले भने ।

    ‘हामी अहिले जति मान्छे छौँ त्यति मान्छे मिलेर मात्रै राप्रपा पुग्दैन। हामीले अरू मान्छे नबढाउने, आममान्छेको पार्टीको रूपमा राप्रपालाई विकसित नगर्ने तर हामी चाहिँ अँगालो मारेर बस्यौँ भने यो पार्टी ठूलो हुन्छ?’ उनले प्रश्न गरे।

    लिङ्देनले विभिन्न राजनीतिक दलमा आबद्ध व्यक्तिहरू स्वतःस्फूर्त रूपमा राप्रपामा प्रवेश गरिरहेको दाबी गरे। नेकपा एमालेबाट रामकोट गाविसको अध्यक्षमा दुईपटक निर्वाचित मोहन गिरीलगायतका व्यक्तिहरू राप्रपामा आएको उल्लेख गर्दै उनले उनीहरूको प्रवेशले पार्टीलाई थप उत्साहित बनाएको बताए।

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    Copyright © All right reserved to digdarshan.com Site By: SobizTrend