Logo

आइतवार, कार्तिक ९ गते २०८३

images

नेपालको पहिलो योजनाबद्ध शहर (टाउन प्लानड) राजविराज: विगत र वर्तमान

नेपालको पहिलो योजनाबद्ध शहर (टाउन प्लानड) राजविराज: विगत र वर्तमान

आइतवार, श्रावण १७ २०८३
आइतवार, श्रावण १७ २०८३
  • सचिन्द्र कुमार देव

    नेपालको पहिलो योजनाबद्ध शहर (टाउन प्लानड) को रुपमा राजविराज शहरलाई सन् १९३८ मा अघि बढाईएको हो । यो शहरको योजनबद्ध शहरको रुपमा तत्कालिन राणा प्रधानमन्त्री चन्द्रशेर राणाको पालामा बास्तुकलाविद/शहरी योजनाकार डिल्लीजङ्ग थापाले गर्नुभएको थियो ।उहाँले भारतको गुलाबी शहरको रुपमा परिचित जयपुर शहरको नमूनामा राजविराज शहरको निर्माण गरिएको थियो । यो शहरको योजनबद्ध निर्माण गर्ने क्रममा शुरुमा ६० विघा र पछि ८ विघा थप गरी ६८ विघा (४,६०,४९६ वर्ग मी.)को जग्गामा सडकहरु सिधा,चौडा र ग्रिड प्रणालीमा निर्माण गरिएको हो ।

    यस योजनाबद्ध शहरको प्रमुख विशेषता भनेको सड्कहरु समकोणमा एक अर्कालाई काट्ने गरी डिजाइन गरिएको देखिन्छ । यसका साथै बजार,सरकारी कार्यालय,विधालय तथा आवासिय क्षेत्रहरुलाई छुट्टाछुट्टै ब्यवस्थित रुपमा राखिएको छ । खुला स्थान,चौक र सार्वजनिक सुविधालाई ध्यानमा राखेर योजना बनाइएको छ । यातायात,ब्यापार र प्रशासनिक गतिविधिहरुलाई सहज हुनेगरी शहरको संरचना विकास गरिएको देखिन्छ ।

    शहरको मुख्य चोकको रुपमा रहेको तत्कालीन त्रिभुवन चोक र हालको गजेन्द्र चोकमा योजनामा राखिएका घरहरुको सन्दर्भमा प्रत्येक ३ घर पछि उक्त चोकमा निस्कनको लागि बाटो राखिएको छ जुन निक्कै आकर्षक समेत देखिन्छ । यी तथ्यहरुले गर्दा नै राजविराजलाई नेपालको पहिलो योजनाबद्ध शहर मानिएको हो ।
    विगतको इतिहासलाई हेर्ने हो भने सप्तरी जिल्लाको पहिलेको सदरमुकाम हनुमानगर रहेको थियो जुन हालको संरचनामा हनुमाननगर कंकालिनी  नगरपालिकामा पर्दछ । सन् १९४४ को कोशी नदीको बाढीले सदरमुकाम निक्कै प्रभावित भएपछि सुरक्षित स्थानमा सदरमुकाम सार्ने राज्यको अभिभारा हुनगयो । यसक्रममा नेपालको पहिलो योजनाबद्ध शहरको रुपमा स्थापित राजविराजलाई सन् १९४४ मा नै सप्तरी जिल्लाको सदरमुकाम घोषणा गरी सदरमुकाम स्थान्तरण गरिएको पाइन्छ । 

    नेपालकै इतिहासमा सन्  १९५९ मा घोषणा गरिएको राजविराज नगरपालिकाले योजनाबद्ध गरिएका सदरमुकामका प्लटहरु बिटौरी जग्गाको रुपमा ताहँका ब्यापारीहरुलाई उपलब्ध गराएको देखिन्छ जुन स्वामित्वको लागी अहिले पनि बिवादमै रहेको देखिन्छ ।
    नेपालको हालको संघीयता प्रणालीमा मधेश प्रदेशमा पर्ने ८ जिल्लाहरु मध्ये सप्तरी जिल्लाको सदरमुकाम राजविराज शहर नेपालको पहिलो योजनाबद्ध शहरको रुपमा स्थापित हुन सक्नु भनेको सम्पूर्ण मधेशवासी जनताहरुको गर्भको विषय हो भने नेपालको लागी खासगरी शहरी योजनाकारहरुको लागि सिक्ने शिक्षालयको रुपमा यो शहर स्थापित समेत हुन जानुमा समेत गर्भको विषय सावित हुन गएको छ ।

    आफ्नै मौलिकतामा स्थापित रहेको खुला राजविराजको हटियाको खास विशेषता रहेको थियो जहाँ नूनदेखि सुन सम्म पाऊने मान्यता स्थापित रहेको थियो र सोही मान्यतामा आधारित रहेर नै राज्यले बजारको पूर्न संरचना गरेर पक्की पूर्वाधारका संरचनाहरु निर्माणमा संलग्न भएको तथ्य जगजाहेर हुन गएको देखिन्छ । भारतको गुलाबी शहरको रुपमा परिचित जयपुर शहरको नमूनामा निर्माण भएको राजविराजलाई समेत राजविराज नगरपालिकाले यस शहरलाई गुलाबी शहरकै रुपमा परिकल्पना गर्न खोजिएको छ । नेपालको अन्य योजनबद्ध शहरहरु समेत यो शहरको अनुकरण गर्नमा पछि पर्दैन् । 
    सप्तरी जिल्ला शैक्षिक स्तरमा मधेशकै जिल्लाहरुमा बिगत देखि नै अब्बल सावित हुँदै आएको जिल्ला हो । साथै राजनैतिक स्तरमा समेत यो जिल्ला  मधेशकै जिल्लाहरुमा अग्रणी स्थानमा रहेको मानिन्छ । राष्ट्रिय राजनितीमा जहिलृे पनि चर्चामा रहेको यो जिल्ला राजनैतिक विभेदकै कारण नैपालकै पहिलो योजनबद्ध शहरको रुपमा रजविराज स्थापित रहेता पनि सो अनुसारको विकास हुन नसक्नुमा दुईमत हुन सक्दैन ।

    साथै  ६४ वर्ष पुरानो नगरपालिकाको रुपमा राजविराज नगरपालिका रहेतापनि सो अनुसारको काचुली यसले फेर्न सकेको छैन् । साथै हालसम्म पनि यस नगरपालिकाको अवस्था अस्तब्यस्त नै रहेको देखिन्छ ।
    वर्तमान २–३ वर्षको विकासको अवस्था हेर्ने हो भने साँच्चि नै यस नगरपालिकाको बाटोघाटो तथा नालाहरु पक्की अवस्थामा राज्यको प्रयासबाट पक्कै पनि निर्माण भएकोमा योजनाबद्ध शहरको रुपमा उपलब्धि नै मान्नु  पर्दछ ।

    यतिमात्र नभैकन लाईफलाईनको रुपमा रहेको सिरहा रोड हुलाकी बाटो समेत पक्की भै राजविराज नगरपालिकासँग जोडिएकोमा उपलब्धिको रुपमा लिन सकिन्छ । शहरमा बाटोघाटो तथा नालाहरु पक्की अवस्थामा तयार हुनु मात्र शहरको पहिचान हुनुभन्दा पनि शहरलाई नियमित रुपमा सफासुग्घर राख्न सक्नु शहरको गौरव समेत हुनजान्छ ।

    यसअर्थमा पहिलो योजनाबद्ध रुपमा रहेको राजविराज शहरका सम्पूर्ण सरोकारवालाहरु एकजुट भएर अगाडी बढ्नु जरुरी देखिन्छ । यसको उदाहरणको रुपमा नेपालको धरान र पोखरा जस्ता शहरहरुलाई लिन सकिन्छ ।
    अन्तमा, योजनाबद्ध शहरको मूर्तरुप दिनमा पहिलो भूमिका भनेको सम्बन्धित नगरपालिकाको नै हुनेगर्छ । यस अर्थमा  राजविराज नगरपालिकाले ऐतिहासिक रुपमा पहिलो योजनाबद्ध शहरको उपाधी राजविराजले प्राप्त गर्न सकेकोमा गर्भ महशुस गरी राजविराज शहरलाई ज्वलन्तता प्रदान गर्नको लागी सम्पूर्ण सरोकारवालाहरुको सहयोग लिई अगाडि बढ्न सक्नु आजको टड्कारो आवश्यकता महशुस भएको छ ।

    खासगरी शहरको स्वच्छतामा नगरवासीहरुको सहयोगको लागि अभिमुखीकरण कार्यक्रमको पट्क पट्क आयोजा गरी नगरपालिकाले समेत आफ्नो क्षमता अभिबृद्धि गर्दै जानु पर्दछ । हराभरा शहरको अवधारणामा कार्य अगाडी बढाऊनु पर्दछ । आन्तरिक तथा बाह्य पर्यटकहरुलाई शहरमा भित्रयाउन सोही किसिमका अवधारणाहरु तय गरिनुपर्दछ ।

    स्थानीय तहको प्राविधिक तथा संस्थागत क्षमता सुदृढ गर्दै जनचेतना, नियमित अनुगमन र कानुनी कार्यान्वयनलाई सँगसँगै अघि बढाउन आवश्यक छ । साथै यस कार्यमा राजनैतिक सहभागिता समेत गराउन सकिएमा यो शहरीकरणकोे प्रभावकारी कार्यान्वयनमा कोशे ढुङ्गा सावित हुन सक्ने तथ्यमा दुईमत हुन सक्दैन ।

    राजनीतिक विश्लेषक तथा विकासविद् डा. दिपक चौधरीज्यूले भने जस्तै राजविराजलाई पर्यटकीय नगरीको रुपमा स्थापित गर्न सके यसले महत्व पाउने छ । यस कार्यमा सम्पूर्ण राजविराजवासीहरु एकजुट भएर प्रस्तुत हुनु जरुरी छ र यस कार्यमा राज्यको सहयोग र साथ समेत अपरिहार्य छ ।

    (लेखक पूर्वाधार विज्ञ हुन् । हाल उनी ग्रामिण विकास त्रिविबाट एमफिल पीएचडी स्कलर पनि हुन् ) 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    Copyright © All right reserved to digdarshan.com Site By: SobizTrend