Logo

शनिवार, कार्तिक ८ गते २०८३

images

प्रबन्धककै मिलेमतोमा वचतकर्ताको रकम दुरुपयोग, बैंककै पैसा असुरक्षित  

प्रबन्धककै मिलेमतोमा वचतकर्ताको रकम दुरुपयोग, बैंककै पैसा असुरक्षित  

सोमवार, श्रावण २७ २०८२
सोमवार, श्रावण २७ २०८२
  • काठमाडौं । तपाईसँग आफ्नो व्यवहार घर परिवार चलाउदा केही पैसा बच्यो भने के गर्नु हुन्छ ? वा दुःखसुखम गरेर केह पैसा भविष्यलाई जोहो गर्छु भन्ने लाग्यो भने तपाई बचत कसरी गर्नुहुन्छ ? यसको भरपर्दो र सजिलो जवाफ  छ नजिकै रहेको बैंक फाइनान्समा जम्मा गर्ने । कारोबार गर्नका लागि आफूसँग बचेका पैसा राख्नका लागि आवश्यक परेको जुनसुकै बेला पैसा निकाल्न मिल्ने ठाउँ भनेको बैंक फाइनान्स नै हुन् । त्यसैले आम मानिसको भरोसा पनि यस्तै संस्थाप्रति हुन्छ ।

    आफ्नो नाममा खाता खोलेर पैसा राख्यो भने फजुल खर्च हुँदैन, आफूलाई जुन बेला चाहिन्छ पैसा निकालेर चलाउन पाइन्छ भन्ने कुराले नै बैंक फाइनान्समा पैसा राख्दा तपाई ढुक्क हुनुहुन्छ । तर तपाई ढुक्क भएर बस्दा केही बदमास कर्मचारीकै मिलेमतोमा तपाईको खाताबाट पैसा गायब भइदिन पनि सक्छ । तपाइले गरेको विश्वास टुटेर तपाईलाई धोका हुन सक्छ । यस्तै खबर आउने गरी दार्चुलामा घटना भएको छ । दार्चुलाको शैल्यशिखर नगरपालिका–९ मा रहेको महालक्ष्मी विकास बैंकका कर्मचारीले बचतकर्ताको पैसा गायब बनाइदिएका छन् ।

    कर्मचारीको मिलिभगतमा त्यहाँ रहेको शाखाबाट २ करोड ८४ लाख ७६ हजार सात सय रुपैया झ्वाम पारेको पाइएको छ । कर्मचारी र खाता महालक्ष्मी बैंकको भए पनि त्यो पैसा भनेको वचतकर्ताको हो । यस अपराधमा सम्लग्न भन्ने आरोपमा बैंक कर्मचारीलाई अहिले अनुसन्धानको लागि प्रहरी पक्राउ समेत गरेको छ ।

    शाखा प्रमुख नै यो हर्कमा मुछिएको आरोपमा पक्राउ परेका छन् । शाखा प्रबन्धक सागर शाही, निर्मला साउद, धनन्जय पन्त र अम्बादत्त पन्त पक्राउ परेका हुन् । बैंकमा ठूलो रकम हिनामिना भएको पाइएपछि महालक्ष्मी विकास बैंकको केन्द्रीय कार्यालयको टोली दार्चुला शैल्यशिखर पुगेर छाबिन गरेको थियो ।

    बैंकको केन्द्रीय टोलीले शाखामा कार्यरत प्रबन्धसहित कैै कर्मचारीले पैसा दुरुपयोग गरेको भन्दै उनीहरुलाई निलम्वन गरेको थियो । बैंकको प्रारम्भिक अनुसन्धानबाट कर्मचारीले प्रतिबन्धित अनलाइन जुवा प्लेटफर्म वान एक्स बेटमा बैंकको पैसा लगाएको खुलेको थियो ।

    उनीहरूले बैंकको मूल खातामा भल्ट रकम मौज्दात देखाएर गैरकानुनी तरिकाले हिनामिना गरेको पाइएको छ । यसरी बैंकको रकम अवैध जुवामार्फत अपचलन गरेको पाइएपछि बैंकिङ कसुरमा चारै कर्मचारी पक्राउ परेका हुन् ।  

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    Copyright © All right reserved to digdarshan.com Site By: SobizTrend