Logo

शनिवार, कार्तिक ८ गते २०८३

images
माग बढ्यो

विद्युत आपूर्तिको माग बढेको छ तर व्यवस्थापनमा चुनौति छ: मन्त्री खड्का

विद्युत आपूर्तिको माग बढेको छ तर व्यवस्थापनमा चुनौति छ: मन्त्री खड्का

मन्त्री खड्काले सरकारले निजी क्षेत्रसँग हातेमालो गरेर अगाडि बढ्न चाहेको भन्दै त्यसमा भएका कानुनी अर्चन र बाधाहरुलाई संसोधनगरी समयअनुकुल बनाइने बताए ।

मंगलवार, श्रावण २१ २०८२
मंगलवार, श्रावण २१ २०८२
  •  

    काठमाडौं । उर्जा जलश्रोत तथा सिँचाईमन्त्री दिपक खड्काले विद्युत उत्पादनलाई हरेक नागरिकको आय आर्जनसँग जोड्नेगरी काम गरिरहेको बताएका छन् ।

    मंगलबार काठमाडौंमा आयोजित नेपाल सौर्य विद्युत उत्पादक संघको वार्षिकोत्सव समारोहमा बोल्दै उनले विद्युतको आवश्यकता बढिरहेको अवस्थामा चुनौतीहरु पनि थपिँदै गइरहेको बताउँदै विद्युत आपूर्तिको मागको व्यवस्थापनको लागि आवश्यक गृहकार्य जुन ढंगबाट अगाडि बढाउनुपर्ने हो त्यो हुन नसकेको बताए ।

    उनले भने,‘विद्युतको आवश्यकता एकातिर दिनानुदिन बढिरहेको छ । अर्कोतिर चुनौतीहरु पनि दिनानुदिन थपिँदै गइरहेको छन् । वातावरण असरको कुरा छन्,यसको सम्बोधन र समाधान गर्नुपर्ने छ । विद्युत आपूर्तिको मागहरु बढेको छ । त्यसको सम्बोधन व्यवस्थापन गर्नुछ । व्यवस्थापनको लागि आवश्यक गृहकार्य जुन ढंगबाट अगाडि बढाउनुपर्ने हो त्यो हुन सकिरहेको छैन् । त्यसलाई तिब्रता दिन आवश्यक छ । हामीले हाम्रो विद्युत उत्पादनलाई हरेक नागरिकको आय आर्जनसँग जोड्नेगरी काम गरिराखेको छौं ।’

    मन्त्री खड्काले सरकारले निजी क्षेत्रसँग हातेमालो गरेर अगाडि बढ्न चाहेको भन्दै त्यसमा भएका कानुनी अर्चन र बाधाहरुलाई संसोधनगरी समयअनुकुल बनाइने बताए ।

    ‘सरकारले निजी क्षेत्रसँग हातेमालो गरेर अगाडि बढ्न चाहन्छ र गरिराखेको पनि छ । जतिपनि कानुनी अड्चनहरु र बाधाहरु छन् । तीनलाई समयअनुकुल बनाइने छ । संशोधन गरिने छ । ताकी हाम्रा आवश्यकता परिपूर्ति समयमा नै होस् ।’

    उनले सबै उत्पादनहरुलाई अगाडि बढाउदा जोखिमपूर्ण कुराहरुलाई ध्यानमा राखेर उत्पादन बढाउनुपर्ने धारणा राखे ।

    उनले भने,‘सबै उत्पादनहरुलाई अगाडि बढाउँदा हामीले जोखिमपूर्ण कुराहरुलाई ध्यानमा राखेर भर पर्दा विकासको गतिलाई अगाडि बढाएर विद्युतको खपत भरपर्दो बनाउने उपयोग भरपर्दे गर्ने र सुरक्षित गर्नुपर्छ । यसबाट उत्पन्न हुने व्यक्तिगत खतराहरु वातावरणीय खतराहरु र संरचनागत खतराहरुलाई पनि मध्यनजर राखेर हामीले हाम्रो उत्पादन बढाउनुपर्ने छ ।’

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    Copyright © All right reserved to digdarshan.com Site By: SobizTrend