Logo

शनिवार, कार्तिक ८ गते २०८३

images
किसानका दुःख

मधेशमा ५७ प्रतिशत मात्रै धान रोपाइँः खाद्य सुरक्षाको जोखिम हुन सक्ने

मधेशमा ५७ प्रतिशत मात्रै धान रोपाइँः खाद्य सुरक्षाको जोखिम हुन सक्ने

तर धानको बीउ बुढो भइसकेकोले अबका दिनमा रोपाइँ भएपनि त्यसले उतपादकत्व बढाउन नसक्ने नेपाल कृषि अनुसन्धान परिषद (नार्क) को राष्ट्रिय धान अनुसन्धान कार्यक्रमका संयोजक डा. मथुरा यादबले जानकारी दिए ।

सोमवार, श्रावण २० २०८२
सोमवार, श्रावण २० २०८२
  •  

    काठमाडौं । मध्य साउन सम्म पनि मधेश प्रदेशमा ५७.२८ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न भएको छ । अन्न भण्डारको रुपमा रहेको मधेशमा मध्ये मनसुनमै देखिएको खडेरीका कारण धान रोपाइँ हुन नसकेपछि खाद्य सुरक्षाको जोखिम निम्तीन सक्ने विज्ञहरुले अनुमान गरेका छन् ।

    गत वर्षको यस अबधि सम्म मधेश प्रदेशमा ९५ प्रतिशत धान रोपाइँ सकिएको अवस्था थियो । केहि दिन यता मधेशका केहि स्थानमा वर्षा भइरहेको छ । तर धानको बीउ बुढो भइसकेकोले अबका दिनमा रोपाइँ भएपनि त्यसले उतपादकत्व बढाउन नसक्ने नेपाल कृषि अनुसन्धान परिषद (नार्क) को राष्ट्रिय धान अनुसन्धान कार्यक्रमका संयोजक डा. मथुरा यादबले जानकारी दिए ।

    नेपालको अन्न भण्डारको रुपमा रहेको मधेशमा पर्याप्त मात्रामा धान रोपाइँ हुन नसक्दा करीब २५ प्रतिशत सम्मले उत्पादन घट्नसक्ने र त्यसले खाद्य सुरक्षामा जोखिम निम्त्याउन सक्ने उनको दाबी छ । जसले गर्दा धान÷चामल लगायत त्यसबाट उत्पादन हुने अन्य खाद्यान्नको मूल्य वृद्धि हुन सक्ने र त्यसले कुल गार्हस्थ उत्पादन (जीडीपी) मा समेत असर गर्न सक्ने देखिएको उनले बताए ।

    मधेशमा बर्षा कम वर्षा भएर रोपाइँमा असर गरेसँगै प्रदेश सरकारले गत असार २६ देखिनै मधेशका ८ ओटै जिल्लालाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरिसकेको छ ।

    कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार नेपालको जीडीपीमा कृषि क्षेत्रको योगदान २४.१ प्रतिशत छ भने धानको मात्रै योगदान करीब ५ प्रतिशत रहेको छ । मन्त्रालयकै तथ्यांक अनुसार आव २०८१÷८२ मा नेपालमा कुल ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन धान उत्पादन भएको थियो ।

    जसमध्ये मधेश प्रदेशमा मात्रै १४ लाख ८० हजार ८३० मेट्रिक टन धान उत्पादन भएको थियो । यो उत्पादन ७ ओटै प्रदेश मध्ये सबैभन्दा धेरै हो । गतवर्ष मधेशमा ३ लाख ७४ हजार ११७ हेक्टर जमिनमा धान खेती गरिएको थियो ।

    कुन प्रदेशमा कति रोपाइँ ?

    हाल सम्म कोशी प्रदेशमा ८९.०३ प्रतिशत धान रोपाइँ भएको छ । गत वर्ष यस प्रदेशमा हाल सम्म ९५ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो । यस प्रदेशमा कुल २ लाख ७६ हजार ३८७ हेक्टर जमिनमा धानखेती हुने गरेको छ ।

    बागमती प्रदेशमा हाल सम्म ९२.९२ प्रतिशत धान रोपाइँ हुने गरेको छ । गतवर्ष यस प्रदेशमा हाल सम्म ९७ प्रतिशत धान रोपाइँ भएको थियो । यस प्रदेशमा कुल १ लाख १५ हजार ६२१ हेक्टर जमिनमा धानखेती हुने गर्दछ । गण्डकी प्रदेशमा हाल सम्म ८८.९७ प्रतिशत धान धान रोपाइँ भएको छ । यस प्रदेशमा गत वर्ष यस अवधि सम्म ९६ प्रतिशत धान रोपाइँ भएको थियो । यहाँ कुल ९४ हजार १८२ हेक्टर जमिनमा धानखेती हुने गरेको छ ।

    लुम्बीनी प्रदेशमा हाल सम्म ९५.९६ प्रतिशत जमिनमा धान रोपाइँ सकिएको छ । गत वर्ष यस अबधि सम्म लुम्बीनीमा ९७ प्रतिशत जमिनमा धान रोपाइँ भएको थियो । यस प्रदेशमा कुल ३ लाख २ हजार ८८९ हेक्टर जमिनमा धानखेती हुने गरेको छ ।

    कर्णाली प्रदेशमा हाल सम्म ९६.४७ प्रतिशत जमिनमा धान रोपाइँ भएको छ । गतवर्षको यस अबधि सम्म यस प्रदेशमा ९९ प्रतिशत जमिनमा धान रोपाइँ भएको थियो । यस प्रदेशमा कुल ४० हजार ८८४ हेक्टर जमिनमा धान खेती गरिन्छ ।

    सूदूरपश्चिम प्रदेशमा हाल सम्म ९९.७२ प्रतिशत जमिनमा धान रोपाइँ सकिएको छ । गतवर्ष यस अबधि सम्म यस प्रदेशमा १०० प्रतिशत धान रोपाइँ भएको थियो । सूदूरपश्चिममा कुल १ लाख ७६ हजार १५१ हेक्टर जमिनमा धान रोपाइँ हुने गरेको छ ।

     

     

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    Copyright © All right reserved to digdarshan.com Site By: SobizTrend