Logo

आइतवार, कार्तिक ९ गते २०८३

images

इन्फिनिटी लघुवित्तद्वारा देशभर रहेका शाखा प्रमुख तथा अनुगमन अधिृकतलाई तालिम प्रदान

इन्फिनिटी लघुवित्तद्वारा देशभर रहेका शाखा प्रमुख तथा अनुगमन अधिृकतलाई तालिम प्रदान

आइतवार, श्रावण १९ २०८२
आइतवार, श्रावण १९ २०८२
  • काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले देशभर रहेका शाखा प्रमुख तथा अनुगमन अधिकृतहरुलाई तालिम प्रदान गरेको छ ।
    नेपाल राष्ट्र बैंक बाट घ वर्गको इजाजत प्राप्त राष्ट्रीय स्तरको यस संस्थाले देशभर रहेका ९६ वटा शाखाका सम्पूर्ण शाखा प्रमुख तथा अनुगमन अधिृकतहरुलाई ‘फोकस अन क्वालीटि प्रोफिटएविलिटि’ तालिम सम्पन्न गरेको हो ।
    उक्त कार्यक्रम पोखरामा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत ज्ञानीश्वर पन्तको अध्यक्षतामा सम्पन्न भएको हो । वर्तमान परिवेशमा लघुवित्त क्षेत्रमा देखिएको चुनौतिहरुलाई सामना गर्दै सदस्य, गुणस्तरिय कर्जा वृद्धी र संस्थाको समग्र कार्यक्रमहरुको गुणस्तरलाइ सुधार गरि संस्थाको लक्ष्य हासिल तर्फ लाग्न संस्थाका  प्रमुख कार्यकारी अधिकृत ज्ञानीश्वर पन्तले बताए ।
    वित्तीय संस्थाका अध्यक्ष बिष्णु कुमार घिमिरेले आजको विषम परिस्थितिमा कर्मचारीहरुले गरेको योगदानप्रति धन्यवाद प्रदान गर्दै आगामी दिनहरुमा थप हौसलाका साथ काम गर्नका लागी थप प्रेरणा प्रदान गरे ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    Copyright © All right reserved to digdarshan.com Site By: SobizTrend