Logo

शनिवार, कार्तिक ८ गते २०८३

images

जोशी हाईड्रोपावरको हकप्रद शेयर आजदेखि निष्कासनमा

जोशी हाईड्रोपावरको हकप्रद शेयर आजदेखि निष्कासनमा

बिहिवार, श्रावण १६ २०८२
बिहिवार, श्रावण १६ २०८२
  •  

    काठमाडौं । जोशी हाईड्रोपावर लिमिटेडले आजदेखि हकप्रद शेयर निष्कासन गरेको छ ।

    गत असार ८ गते कम्पनीले हकप्रद शेयर निष्कासन गर्न एक दिनका लागि बुक क्लोज गरेको थियो । त्यसकारण असार ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयर धनीहरुले मात्र यो हकप्रद खरिदका लागि आवेदन दिन पाउनेछन् ।

    कम्पनीले हाल कायम चुक्तापूँजी ३७ करोड १४ लाख  रुपैयाँ बराबरको ६५ प्रतिशत अर्थात १ः०.६५ अनुपातमा १०० रुपैयाँ अंकित दरका २४ लाख १४ हजार १ सय कित्ता हकप्रद शेयर जारी गरेको हो । 

    लगानीकर्ताले भदौ ४ गते भित्र हकप्रद खरिदका लागि आवेदन दिनुपर्नेछ । हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जेठ २६ गते हकप्रदका लागि स्वीकृती प्राप्त गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    Copyright © All right reserved to digdarshan.com Site By: SobizTrend