Logo

शनिवार, कार्तिक ८ गते २०८३

images

फिफा विश्वकप : स्विटजरल्याण्ड प्रि–क्वाटरफाइनलमा प्रवेश

फिफा विश्वकप : स्विटजरल्याण्ड प्रि–क्वाटरफाइनलमा प्रवेश

शुक्रवार, आषाढ १९ २०८३
शुक्रवार, आषाढ १९ २०८३
  •  

    काठमाडौं । अल्जेरियालाई हराउँदै स्विटजरल्याण्ड फिफा विश्वकप २०२६ को अन्तिम १६ मा पुगेको छ ।

    शुक्रबार बिहान अल्जेरियालाई २–० गोलले हराउँदै स्विटजरल्याण्डले प्रि–क्वाटरफाइनलमा स्थान बनाउन सफल भएको हो ।

    १० औं मिनेटमै ब्रील एम्बेलोले गोल गर्दै स्विटजरल्याण्डलाई अग्रता दिलाउन सफल भएका थिए ।

    त्यसपछि ४६ औं मिनेटमा ड्यान एनडोएले गोल गरे । उक्त गोल नै खेलमा निर्णायक साबित भयो ।

    स्विटजरल्याण्डले अब कोलम्बिया र घानाबीच हुने अन्तिम ३२ चरणको खेलको विजेतासँग क्वार्टरफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    Copyright © All right reserved to digdarshan.com Site By: SobizTrend