Logo

शनिवार, कार्तिक ८ गते २०८३

images

विश्वकप फुटवलले चर्चामा ‘मर्लिन’ हाँस, भिडियो भाइरल

विश्वकप फुटवलले चर्चामा ‘मर्लिन’ हाँस, भिडियो भाइरल

बुधवार, आषाढ १७ २०८३
बुधवार, आषाढ १७ २०८३
  •  

    एजेन्सी । फिफा विश्वकप फुटवल प्रतियोगिताका लागि एक घरपालुवा हाँस मेक्सिकोको ‘राजदूत’ बनेको छ। ‘मर्लिन’ नामक घरपालुवा हाँस फिफा विश्वकपको लागि मेक्सिकोको राजदूत बनेको हो । 

    दुई वर्षको हाँस मेक्सिकन टोलीको जर्सी र मोजा लगाएर मेक्सिको सिटीका सडकहरूमा हिंडिरहेको भिडियोहरू सार्वजनिक भएपछि भाइरल समेत बनिरहेको छ ।

    विश्वकपका कारण फुटबलका सबैभन्दा चर्चित खेलाडीहरू फेरि अन्तर्राष्ट्रिय चर्चाको केन्द्रमा रहेकाबेला मर्लिन पनि चर्चामा आएको हो । 

    आफ्नो शरीरमा ठ्याक्कै मिल्ने सानो टिम मेक्सिकोको जर्सी र मेक्सिको सिटीस्थित आफ्नो घर वरिपरि आत्मविश्वासका साथ हिँड्ने शैलीका कारण हासले चर्चा बटुलेको हो । 

    विश्वकपमा मेक्सिकोले आफ्नो पहिलो खेल जितेपछि उत्सव मनाइरहेको अवस्थामा मर्लिन पहिलो पटक देखिएको थियो । सोहीबेला भिडियो भाइरल भएपछि हाँस एकाएक इन्टरनेट स्टार बनेको हो । ( सीसीटीभीप्लस)

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    Copyright © All right reserved to digdarshan.com Site By: SobizTrend