Logo

शनिवार, कार्तिक ८ गते २०८३

images

विधुत क्षेत्रको विकासकालागि उर्जा कुटनीतिको आवश्यकता 

विधुत क्षेत्रको विकासकालागि उर्जा कुटनीतिको आवश्यकता 

बुधवार, आषाढ १७ २०८३
बुधवार, आषाढ १७ २०८३

  • पूर्व राष्टिय योजना आयोगका उपाध्यक्ष डा. गोविन्द प्रसाद पोख्रेलले उर्जा क्षेत्र नेपालको विकासको मेरुदण्ड भएको बताएका छन् । राजधानीको एक कार्यक्रममा विधुत क्षेत्रको अर्थ राजनीतिक पाटो र यसका चुनौति शीर्षकमा कार्यपत्र जारी गर्दै डाक्टर पोखरेलले यसको विकासको सन्दर्भमा थुप्रै चुनौतिहरु रहेको बताए ।  राजनीतिक रुपमा गरिने निर्णय सही नहुँदा उर्जा क्षेत्रले समस्याहरु भोग्नु परेको र अब समस्याहरुको सही ढंगले सम्बोधन गर्नु पर्ने उल्लेख गरे ।

    कार्यपत्रमा उर्जा तथा ब्यापमर कुटनीति, सुंशासन, समाज तथा वातावरण, रेन्ट सेटिगं तथा भ्रष्टचार आदिलाई चिर्न आवश्यक रहेको तथा क्यू २० वा क्यू ४० प्रकारका रनअफरिभर नदी मोडेलमा जाने भन्ने निरक्यौल गर्न आवश्यक रहेको बताए ।  साथै उनले यहाँको सरप्लस उत्पादन विजुली भारत, चीन, बंगलादेश तथा श्रीलंकासम्म पुरयाउन उर्जा कुटनीति आवश्यक रहेको औल्याए ।

    उर्जा खबरका सम्पादक लक्ष्मण वियोगीले मोडरेट गर्नु भएको उक्त संवादमा उर्जा विज्ञ प्रवल अधिकारी र नीजि क्षेत्रका उर्जा उत्पादक तथा मार्टिन चौतारीका चेयरमेन कुमार पाण्डेले यस उपर टिप्पणी गरे । विज्ञ प्रवल अधिकारीले वातावरणीय पक्ष एउटा चुनौतिको रुपमा रहेकोले यसतर्र्फ ध्यान दिएर उर्जा क्षेत्रको विकासमा लाग्नु पर्ने बताए । चेयरमेन कुमार पाण्डेले नीजि क्षेत्रलाई काँधमा काँध मिलाएर लादा मात्रै उर्जा क्षेत्रको विकास सही ढंगले हुन सक्ने र यसले देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिन सक्ने बताए ।

    अन्य विज्ञहरुमा उर्जा मन्त्रलायका पूर्व सचिव दिनेश कुमार घिमिलेले उर्जा डिप्लोमेसीलाई कसरी प्रभावकारी बनाउने भन्ने बारे जिज्ञासा राखे । त्यसैगरी उर्जा विज्ञ तथा लेखक डा. दिपक चौधरीले उर्जा नीतिको दीर्घकालिनताको अभावमा विगतका उर्जा क्षेत्रले भने जस्तो गति लिन नसकेको तथा उर्जा कुटनीतिको कुरा गरिरहदा भारत, सार्क देशहरु, चीन, पश्चिमा देशहरु र जापानसँग एकमुष्ट उर्जा कुटनीति अगाडि बढाउने हो वा फरक फरक, यसबारे प्रष्ट हुनु पर्ने कुरा राख्नु भएको थियो । त्यसैगरी उहाँले रनआफरिभरसँगै जलाशययुुक्त आयोजनालाई उच्च प्राथमिकतामा राखेर अगाडि बढाउनु पर्ने कुरा बताए । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    Copyright © All right reserved to digdarshan.com Site By: SobizTrend