Logo

सोमवार, कार्तिक १० गते २०८३

images

बीआरआईमा एमाले कांग्रेसबीच फरक मत छैन

बीआरआईमा एमाले कांग्रेसबीच फरक मत छैन

बुधवार, मंसिर १२ २०८१
बुधवार, मंसिर १२ २०८१
  • काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चिनियाँ परियोजना बेल्ट एण्ड रोड इनिसियटिभ बीआरआई बारे एमाले कांग्रेसबीच कुनै फरक मत नभएको बताएका छन् । सत्तारुढ दल एमाले र कांग्रेसबीच समान धारणा रहेको पनि बताए । विराटनगरमा सञ्चारकर्मीहरूलाई प्रक्रिया दिने क्रममा थापाले यसअघि हस्ताक्षर भएका परियोजना यस पटक कार्यान्वयनको चरणमा जाओस् भन्ने चाहना आफूहरूको रहेको बताए । उनले मित्र राष्ट्रसँग मित्रवत् सम्बन्ध स्थापित गर्न चाहेको भन्दै बीआरआई सम्झौता नेपालमा लागू गर्ने कुरा नेपाली कांग्रेसका लागि नयाँ र नौलो नभएको पनि बताए । ‘हामीलाई अहिले विकासका लागि स्रोत र साधनले पुग्दैन । ठूलो पुँजी चाहिएको छ । मित्र राष्ट्रले अनुदान दिओस् र बहुपक्षीय दातृ निकायबाट सस्तो ऋण लिन चाहन्छौं,’ महामन्त्री थापाले भने, ‘अमेरिका, चीन, भारत, जापान जस्ता देशबाट अनुदानको अपेक्षा गर्छौं । यो पटक चीन भ्रमणमा पनि हाम्रो अपेक्षा त्यही रहन्छ । नेकपा एमालेको धारणा पनि यो भन्दा फरक छैन ।’

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    Copyright © All right reserved to digdarshan.com Site By: SobizTrend