Logo

सोमवार, कार्तिक १० गते २०८३

images

वीरगञ्ज–रक्सौल नाका खोल्न माग गर्दै गृह मन्त्रालयलाई कांग्रेसको ज्ञापनपत्र

वीरगञ्ज–रक्सौल नाका खोल्न माग गर्दै गृह मन्त्रालयलाई कांग्रेसको ज्ञापनपत्र

बिहिवार, फाल्गुण ६ २०७७
बिहिवार, फाल्गुण ६ २०७७
  • वीरगञ्ज–रक्सौल नाका खोल्न माग गर्दै बिहीबार नेपाली कांग्रेस पर्साले प्रमुख जिल्ला अधिकारीमार्फत गृह मन्त्रालयलाई ज्ञापन पत्र बुझाएको छ।

    कांग्रेस पर्साका सभापति अजय द्विवेदीको नेतृत्वमा गएका नेता कार्यकर्ताहरुको टोलीले प्रमुख जिल्ला अधिकारी आस्मान तामाङमार्फत गृह मन्त्रालयलाई ज्ञापन पत्र बुझाएका हुन्।

    सरकारले कोभिड १९ को महामारीको बेलामा बन्द भएका नाकाहरु खोली सहज रुपमा आवतजावतलाई व्यवस्थित गर्ने निर्णय गरेकोले वीरगञ्ज–रक्सौल नाका खुल्ला गर्नुपर्ने कांग्रेसको माग छ।

    नाका बन्द रहेको अवस्थामा यस भेगका जनता तथा उद्योगी व्यवसायी, पर्यटकहरुलाई आवतजावतमा समस्या परेकोले नाका खोल्नु पर्ने कांग्रेस पर्साले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    Copyright © All right reserved to digdarshan.com Site By: SobizTrend