Logo

सोमवार, कार्तिक १० गते २०८३

images

आइसीसी टी–२० विश्वकप : नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित

आइसीसी टी–२० विश्वकप : नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित

आइतवार, माघ २६ २०८२
आइतवार, माघ २६ २०८२
  •  

    काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित भएको छ ।

    सोमबार भारत मुम्बईस्थित वानखेडे स्टेडियममा भएको खेलमा इंग्ल्याण्डले दिएको १८५ रनको लक्ष्य पक्ष्याएको नेपाल ४ रनले पराजित भएको हो ।

    नेपालले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाएर १८० रन जोडन पुग्यो ।

    इंग्ल्यान्डका लागि बेथेलले ३५ बलमा ४–४ चौका र छक्काको मद्दतले सर्वाधिक ५५ रनको योगदान गरे । यसैगरी ब्रुकले ३२ बलमा ४ चौका ३ छक्कासहित ५३, विल ज्याक्सले अविजित ३९ र जोस बटलरले २६ रन बनाए ।

    नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ४४, रोहित पौडेलले ३९, कुशल भुर्तेलले २९ रन जोडे । यस्तै, लोकेश बम ३९ रनमा अविजित रहे ।

    बलिङतर्फ इङ्ल्यान्डका लियाम डासनले दुई तथा विल ज्याक्स, साम करन, जोफ्रा आर्चर र लुक वुडले एक–एक विकेट लिए ।

    नेपालका लागि बलिङतर्फ दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले २–२ तथा सन्दीप लामिछाने र शेर मल्लले १–१ विकेट लिएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    Copyright © All right reserved to digdarshan.com Site By: SobizTrend