Logo

सोमवार, कार्तिक १० गते २०८३

images

इंग्ल्याण्डको १८५ रनको लक्ष्य लिएर नेपाली टोली ब्याटिंगमा

इंग्ल्याण्डको १८५ रनको लक्ष्य लिएर नेपाली टोली ब्याटिंगमा

आइतवार, माघ २६ २०८२
आइतवार, माघ २६ २०८२
  • काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटमा इंग्ल्याण्डले नेपाललाई १८५ रनको लक्ष्य दिएको छ ।
    सोमबार भारत मुम्बईस्थित वानखेडे स्टेडियममा भएको खेलमा इंग्ल्याण्डले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाएर १८४ रन जोडेको हो ।
    इंग्ल्यान्डका लागि बेथेलले ३५ बलमा ४–४ चौका र छक्काको मद्दतले सर्वाधिक ५५ रनको योगदान गरे । यसैगरी ब्रुकले ३२ बलमा ४ चौका ३ छक्कासहित ५३, विल ज्याक्सले अविजित ३९ र जोस बटलरले २६ रन बनाए ।
    नेपालका लागि दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले २–२ तथा सन्दीप लामिछाने र शेर मल्लले १–१ विकेट लिएका थिए । इंग्ल्यान्डले टस जितेर ब्याटिङ पहिला रोजेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    Copyright © All right reserved to digdarshan.com Site By: SobizTrend