Logo

सोमवार, कार्तिक १० गते २०८३

images

लुम्बिनी लायन्समाथि सुदुरपश्चिम रोयल्सको ७ विकेटको जित

लुम्बिनी लायन्समाथि सुदुरपश्चिम रोयल्सको ७ विकेटको जित

बिहिवार, मंसिर १२ २०८२
बिहिवार, मंसिर १२ २०८२
  •  

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा आजको पहिलो खेलमा सुदुरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ७ विकेटले हराएको छ ।

    बिहिबार भएको खेलमा सुदुरपश्चिम रोयल्सले निर्धारित २० ओभरको खेलमा १८.२ ओभरको समाप्तीमा १ सय ४३ रनको लक्ष्य पूरा गरेको हो ।

    पहिला ब्याटिङ गरेको लुम्बिनीले १९.४ ओभरमा सबै विकेट गुमाएर १ सय ४३ रनको लक्ष्य दिएको थियो । सुदूरपश्चिम जारी एनपिएलमा अपराजित एक्लो टोली हो । टोलीले यसअघिका ३ खेलनै जितेको छ । आजको खेल जितेर सुदूरपश्चिम प्ले अफको नजिक पुगेको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    Copyright © All right reserved to digdarshan.com Site By: SobizTrend