Logo

शनिवार, कार्तिक ८ गते २०८३

images

काठमाण्डौ उपत्यकासहित धेरै ठाउँकाे माैसम सफा

काठमाण्डौ उपत्यकासहित धेरै ठाउँकाे माैसम सफा

आइतवार, फाल्गुण ९ २०७७
आइतवार, फाल्गुण ९ २०७७
  •  काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको छ ।

    पश्चिमी वायुको प्रभाव नरहेकाले देशभरको मौसम सफा रहेको र आज सबैजसो ठाउँमा घाम लाग्ने मौसमविद्ले बताएका छन् । 

    मौसमविद् मञ्जु बासीकाअनुसार पूर्वी तराईका एक/दुई ठाउँमा अहिले कुहिरो लागेको छ तर बिस्तारै कुहिरो हटेर घाम लाग्ने सम्भावना छ । 

    अबको दुई/तीन दिनसम्म मौसम बद्ली हुने सम्भावना नरहेको पनि उहाँले जानकारी दिनुभयो । देशका धेरै ठाउँमा दिउँसोको समयमा गर्मी बढे पनि बिहान बेलुका भने चिसो छ । अब बिस्तारै चिसो हट्दै जाने छ । 

    आज काठमाण्डौको न्यूनतम तापक्रम ६ दशमलव १ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम २२ देखि २४ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    Copyright © All right reserved to digdarshan.com Site By: SobizTrend