Logo

आइतवार, कार्तिक ९ गते २०८३

images

सुर्खेतको वीरेन्द्रनगरमा पनि देखियाे बर्ड फ्लू

सुर्खेतको वीरेन्द्रनगरमा पनि देखियाे बर्ड फ्लू

शनिवार, फाल्गुण ८ २०७७
शनिवार, फाल्गुण ८ २०७७
  •  सुर्खेतको वीरेन्द्रनगरमा बर्ड फ्लू देखिएको छ । कर्णाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगर नगरपालिका १२ मा बर्ड फ्लू देखा परेको पशु सेवा विभागले जनाएको छ ।

    वीरेन्द्रनगर–१२  का किसानले पालेका कुखुरामा बर्ड फ्लू देखिएको हो । केन्द्रिय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा नमुना परीक्षण गर्दा बर्ड फ्लू पुष्टि भएको हो । रोग फैलिन सक्ने सम्भावना देखिएपछि दुई सय ७९ कुखुरा, १ सय २ परेवा, २२ अण्डा र ३१ किलो दाना नष्ट गरिएको छ  ।

    रोग देखा परेको क्षेत्रलाई पूर्ण निसङ्क्रमण समेत गरिएको विभागले जानकारी दिएको छ । साथै रोग नियन्त्रणमा सहजीकरण गर्न विज्ञ टोली खटिएको छ ।

    गएको माघमा काठमाण्डौको तारकेश्वर नगरपालिकामा देखा परेको बर्ड फ्लू भने नियन्त्रणमा आइसकेको विभागले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    Copyright © All right reserved to digdarshan.com Site By: SobizTrend