Logo

शनिवार, कार्तिक ८ गते २०८३

images

पार्टीको आधिकारिकता र सूर्य चिन्ह ओली पक्षलाई दिन्छ ढुक्क हुनुस्ः नेम्वाङ

पार्टीको आधिकारिकता र सूर्य चिन्ह ओली पक्षलाई दिन्छ ढुक्क हुनुस्ः नेम्वाङ

बिहिवार, फाल्गुण ६ २०७७
बिहिवार, फाल्गुण ६ २०७७
  • पूर्व सभामुख तथा नेकपा ओली पक्षका नेता सुवासचन्द्र नेम्वाङले सरकारले तोकेको मितिमै निर्वाचन हुने दाबी गर्नुभएको छ ।

    बिहीबार इलाममा नेकपा ओली पक्षको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले निर्वाचनमा नजाने भन्नु प्रतिगमन रहेको बताउनुभएको हो ।

    उहाँले संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीमा रहेकाले ताजा जनादेशमा जाने सरकारको निर्णय जायज भएको तर्क गर्नुभयो ।

    जनताबाट अनुमोदन हुनबाट डराएर केही नेताले निर्वाचनविरुद्ध प्रचारबाजी गरेकोसमेत उहाँको आरोप छ ।

    कार्यक्रममा उहाँले पार्टीको आधिकारिकता पनि आफ्नो पक्षको भएको दाबी गर्नुभएको छ ।

    निर्वाचन आयोगले सूर्य चिन्ह पनि आफुहरुर्लाइ नै दिने भन्दै नेता नेम्वाङले कार्यकर्ताहरुलाई ढुक्क हुन आग्रह गर्नुभयो ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    Copyright © All right reserved to digdarshan.com Site By: SobizTrend