Logo

शनिवार, कार्तिक ८ गते २०८३

images

सोती घटना : २३ जनालाई जन्मकैदको सजाय जिल्ला अदालतको फैसला उच्चद्वारा सदर

सोती घटना : २३ जनालाई जन्मकैदको सजाय जिल्ला अदालतको फैसला उच्चद्वारा सदर

बुधवार, बैशाख १७ २०८२
बुधवार, बैशाख १७ २०८२
  • काठमाडौं । उच्च अदालत सुर्खेतले जाजरकोटका नवराज विकसहित ६ जनाको सामूहिक हत्या भएको सोती घटनामा संलग्न २३ जना प्रतिवादीलाई सुनाइएको जन्मकैदको सजाय सदर गरेको छ । न्यायाधीशद्वय सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीको इजलासले रुकुम पश्चिम जिल्ला अदालतको फैसलालाई अधिकांश रूपमा यथावत् राख्दै जन्मकैदको सजाय सदर गरेको हो ।

    यद्यपि जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कसुरमा जिल्ला अदालतले सुनाएको दुई वर्षको कैद र ५० हजार रूपैयाँ जरिवानाको फैसला भने उल्टाइएको छ । पीडितले पाउनुपर्ने क्षतिपूर्ति र जन्मकैद सदर भएकाले फैसलामा आंशिक मात्र उल्टी भएको हो ।

    रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ स्थित सोती गाउँमा १० जेठ २०७७ मा नवराज विकसहित ६ जनाको हत्या भएको घटनामा संलग्न ठहर २३ जना दोषीलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको थियो । जन्मकैदको अवधि २५ वर्ष हुने व्यवस्था छ । प्रेमिका लिन गएका नवराजसहित ६ जनाको कुटपिट गरी भेरी नदीमा बगाएर हत्या भएको थियो ।

    उनीहरूमध्ये डम्बरबहादुर मल्ल ९तत्कालीन वडा अध्यक्ष०, नेत्रबहादुर मल्ल, रेशम मल्ल, सविन पुन, नवीनकुमार घर्तीमगर, विराज पुन मगर, धनराज राना, भीमबहादुर पुन, रमित पुन मगर, डिल्ली मल्ल ठकुरी, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, मोहन पुन मगर, इर्दबहादुर ठकुरी, तिलक चन्द, लिपेन्द्रकुमार मल्ल, हर्कबहादुर मल्ल, विनोद मल्ल र विष्णु मल्लसहित नवराजकी प्रेमिकाका बुबा र दाजु (नाम गोप्य राखिएको) छ  ।

    जन्मकैदको अवधि २५ वर्ष हुने व्यवस्था छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    Copyright © All right reserved to digdarshan.com Site By: SobizTrend