Logo

शनिवार, कार्तिक ८ गते २०८३

images

शुक्रबार आर्थिक वर्षको नीति तथा कार्यक्रम आउने

शुक्रबार आर्थिक वर्षको नीति तथा कार्यक्रम आउने

मंगलवार, बैशाख १६ २०८२
मंगलवार, बैशाख १६ २०८२
  •  
    काठमाडौँ । शुक्रबार सरकारको नीति तथा कार्यक्रम आउने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते शुक्रबार सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । 
     
    संसदको आजको बैठकमा सभामुख देवराज घिमिरेले त्यससम्बन्धमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र सभासमक्ष वाचन गरेर जानकारी दिएका हुन् । 
     
    नेपालको संविधानको धारा ९५ मा राष्ट्रपतिले सङ्घीय संसद्का दुवै सदनका संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेस गर्ने व्यवस्था छ । 
     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    Copyright © All right reserved to digdarshan.com Site By: SobizTrend