Logo

आइतवार, कार्तिक ९ गते २०८३

images

भोटेकोशी बाढी हालसमम एक हजार ४५७ जनाको शव फेला

भोटेकोशी बाढी हालसमम एक हजार ४५७ जनाको शव फेला

शुक्रवार, आश्विन २३ २०८३
शुक्रवार, आश्विन २३ २०८३
  • काठमाडौं, रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शुक्रबार ६ बजे सम्म १ हजार ४५७ जनाको शव फेला परेको छ । 

    जसमध्ये रसुवामा २३६ जना, नुवाकोटमा २०५ जना, धादिङमा ७३ जना, चितवनमा ३६९ जना, गोरखामा ८० जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २३२ जना र नवलपरासी पश्चिममा २२२ जना गरी १ हजार ४५५ जनाको शव फेला परेको हो । साथै २ जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो ।  

    फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म १ हजार ३३४ वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित राखिएको) गरिएको छ । शव पहिचानका लागि शवका १ हजार ३३७ वटा र आफन्तका २ हजार ८२ गरी कुल ३ हजार ४१९ वटा डिएनए नमुना सङ्कलन गरिएको छ । 

    जसमध्ये १ हजार २३३ वटा शवहरूको र २ हजार ५९ आफन्तहरूको गरी कुल ३ हजार २९२ वटा डिएनए नमुना प्रोफाइलिङ गरिएको छ । साथै पहिचान नभएको १ हजार ४३८ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    Copyright © All right reserved to digdarshan.com Site By: SobizTrend