Logo

आइतवार, कार्तिक ९ गते २०८३

images

वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित गर्न जरुरी छ: श्रममन्त्री भण्डारी 

वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित गर्न जरुरी छ: श्रममन्त्री भण्डारी 

सोमवार, फाल्गुण २६ २०८१
सोमवार, फाल्गुण २६ २०८१
  • काठमाडौं ।  श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र पबारदर्शी बनाउनुपर्ने बताएका छन् ।
    राष्ट्रिय श्रम तथा रोजगार मेला–२०८१ उदघाटन समारोहमा बोल्दै उनले विगत १६ वर्षमा १४ हजार नेपालीले वैदेशिक रोजगारीमा गएर ज्यान गुमाएको बताएका हुन् । 
    उनले भने, ‘हामीले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र पारदर्शी बनाउनुपर्ने छ । विगत १६ वर्षमा वैदेशिक रोजगारीमा गएका नेपालीहरुमध्ये १४ हजारले आफ्नो ज्यान गुमाएका छन् । विगत १६ वर्षमा १४ हजार नेपालीले वैदेशिक रोजगारीमा  गएर ज्यान गुमाएका छन् । उनीहरु लड्न गएका हुन् त ? वैदेशिक रोजगारीमा गएकाहरु ऋणको चपेटामा परेर जति कमाएका छन् त्यो भन्दा बढी साहुको ऋण तिर्नुपर्ने अवस्था रहेको छ । यसलाई व्यवस्थित गर्न जरुरी छ । अहिले डिजिटल ट्रयापको हिसावमा कयौं मान्छे ठगिएका छन् । यसलाई हामीले कसरी व्यवस्थापन गर्ने सोच्ने समय आएको छ ।’
    साथै उनले  वैदेशिक रोजगारीको  समस्या समाधान गर्न विज्ञहरुसँग छलफल गर्नुपर्ने बताए  । उनले आन्तरिक रोजगारमा कहाँ कहाँ के के सम्भावना छन् भन्ने बारेमा पनि गहिरो छलफल गरिराखेको बताए । 
    उनले भने, ‘वैदेशिक रोजगारीको समस्या समाधान गर्न परराष्ट्र मन्त्रालय, श्रम मन्त्रालय र गृह मन्त्रालय बसेर यो सबै परस्थितीबारे कसरी अगाडि बढ्ने भनेर छलफल गरेका छौं । साथै यसमा विज्ञहरुसँग पनि छलफल गर्नुपर्नेछ । एकातिर वैदेशिक रोजगारीको अवस्था छ, भने त्यसका साथसाथै आन्तरिक रोजगारमा कहाँ कहाँ के के सम्भावना छन् भन्ने बारेमा पनि गहिरो छलफल गरेका छौं, त्यसको आधारमा सबै प्रणालीहरुलाई एक ठाउँमा राखेर उद्मशीलतामा जोड दिनुपर्छ ।’ 
    ०००
    वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित गर्न जरुरी छ स्  श्रममन्त्री भण्डारी 
    काठमाडौं ।  श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र पारदर्शी बनाउनुपर्ने बताएका छन् ।
    राष्ट्रिय श्रम तथा रोजगार मेला–२०८१ उदघाटन समारोहमा बोल्दै उनले विगत १६ वर्षमा १४ हजार नेपालीले वैदेशिक रोजगारीमा गएर ज्यान गुमाएको बताएका हुन् । 
    उनले भने, ‘हामीले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र पारदर्शी बनाउनुपर्ने छ । विगत १६ वर्षमा वैदेशिक रोजगारीमा गएका नेपालीहरुमध्ये १४ हजारले आफ्नो ज्यान गुमाएका छन् । विगत १६ वर्षमा १४ हजार नेपालीले वैदेशिक रोजगारीमा  गएर ज्यान गुमाएका छन् । उनीहरु लड्न गएका हुन् त रु वैदेशिक रोजगारीमा गएकाहरु ऋणको चपेटामा परेर जति कमाएका छन् त्यो भन्दा बढी साहुको ऋण तिर्नुपर्ने अवस्था रहेको छ । यसलाई व्यवस्थित गर्न जरुरी छ । अहिले डिजिटल ट्रयापको हिसावमा कयौं मान्छे ठगिएका छन् । यसलाई हामीले कसरी व्यवस्थापन गर्ने सोच्ने समय आएको छ ।’
    साथै उनले  वैदेशिक रोजगारीको  समस्या समाधान गर्न विज्ञहरुसँग छलफल गर्नुपर्ने बताए  । उनले आन्तरिक रोजगारमा कहाँ कहाँ के के सम्भावना छन् भन्ने बारेमा पनि गहिरो छलफल गरिराखेको बताए । 
    उनले भने, ‘वैदेशिक रोजगारीको समस्या समाधान गर्न परराष्ट्र मन्त्रालय, श्रम मन्त्रालय र गृह मन्त्रालय बसेर यो सबै परस्थितीबारे कसरी अगाडि बढ्ने भनेर छलफल गरेका छौं । साथै यसमा विज्ञहरुसँग पनि छलफल गर्नुपर्नेछ । एकातिर वैदेशिक रोजगारीको अवस्था छ, भने त्यसका साथसाथै आन्तरिक रोजगारमा कहाँ कहाँ के के सम्भावना छन् भन्ने बारेमा पनि गहिरो छलफल गरेका छौं, त्यसको आधारमा सबै प्रणालीहरुलाई एक ठाउँमा राखेर उद्मशीलतामा जोड दिनुपर्छ ।’ 

     

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    Copyright © All right reserved to digdarshan.com Site By: SobizTrend