Logo

आइतवार, कार्तिक ९ गते २०८३

images

भारी वर्षा र चट्याङको जोखिम : वीरगन्ज महानगरद्वारा शुक्रबार सबै विद्यालय बन्द गर्ने निर्णय    

भारी वर्षा र चट्याङको जोखिम : वीरगन्ज महानगरद्वारा शुक्रबार सबै विद्यालय बन्द गर्ने निर्णय    

बिहिवार, आश्विन ८ २०८३
बिहिवार, आश्विन ८ २०८३
  •       

    वीरगन्ज । वीरगन्ज महानगरपालिकाले देशभर तथा यस क्षेत्रमा हुनसक्ने भारी वर्षा, हावाहुरी र चट्याङको जोखिमलाई मध्यनजर गर्दै महानगर क्षेत्रभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा एक दिन पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । 

    शिक्षा तथा खेलकुद मन्त्रालय (सिंहदरबार, काठमाडौँ) को मिति २०८३\०६\०७ को पत्रानुसार आएको निर्देशनलाई आधार मान्दै महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले सूचना जारी गरेको हो ।

    मौसमको प्रतिकूल प्रभावलाई ध्यान दिँदै आगामी भोलि अर्थात् शुक्रबार एक दिनका लागि सम्पूर्ण विद्यालयहरूको पठनपाठन स्थगित गराउन अनुरोध गरिएको छ ।

    साथै, सम्भावित विपद् वा आपत्कालीन अवस्था उत्पन्न भएमा प्रभावित क्षेत्रका विद्यालय भवनहरूलाई सुरक्षित आश्रयस्थलका रूपमा प्रयोग गर्न सकिने गरी तयारी अवस्थामा राख्न समेत महानगरले सबै विद्यालयहरूलाई निर्देशन दिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    Copyright © All right reserved to digdarshan.com Site By: SobizTrend