काठमाडौं । गत फागुन २२ गते खुलेको आईपीओको म्याद आज सकिदै छ । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले गत २२ गते सर्वसाधरणको लागि आईपीओ खुलाएको हो । फागुन २२ गतेदेखि २६ गते समय राखेर जारी आईपीओको आज अन्तिम दिन रहेको छ। यसअघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि पनि निष्काशन गरिसकेको छ । उक्त कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।
