Logo

शनिवार, कार्तिक ८ गते २०८३

images

भोटेकोशी बाढी अपडेट : १ हजार ४३६ जनाको शव फेला

भोटेकोशी बाढी अपडेट : १ हजार ४३६ जनाको शव फेला

आइतवार, आश्विन ४ २०८३
आइतवार, आश्विन ४ २०८३
  •  

    काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आइतबार बिहान ८ बजे सम्म १ हजार ४३६ जनाको शव फेला परेको छ । 

    जसमध्ये रसुवामा २२३ जना, नुवाकोटमा २०३ जना, धादिङमा ७२ जना, चितवनमा ३६५ जना, गोरखामा ७९ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २३२ जना र नवलपरासी पश्चिममा २२२ जना गरी १ हजार ४३४ जनाको शव फेला परेको हो । साथै २ जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो ।  

    फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म १ हजार २९२ वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित राखिएको) गरिएको छ । 

    शव पहिचानका लागि मृतकका १ हजार २८६ र आफन्तका १ हजार ९९७ गरी कुल ३ हजार २८३ वटा डिएनए नमुना सङ्कलन गरिएको छ । साथै पहिचान नभएको १ हजार ३६२ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ । 

    बाढी प्रभावित क्षेत्रमा उद्दार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९७५ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ । हालसम्म बेपत्ता भएका ४ हजार ६५५ जनाको खोजी कार्य भइरहेको छ । 

    यसैगरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा १ हजार ३७२ जना व्यक्तिहरूलाई राखिएको छ । 

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    Copyright © All right reserved to digdarshan.com Site By: SobizTrend