काठमाडौं, फिसटेल डेरी प्रा.लि. अन्तर्गतको प्रिमियम आइसक्रिम ब्रान्ड नोभा क्राउन प्रिमियम आइसक्रिमले अभिनेत्री शिल्पा मास्केलाई आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ।
काठमाडौंमा आयोजित विशेष समारोहमा अभिनेत्री शिल्पा मास्के र नोभा क्राउन प्रिमियम आइसक्रिमका ब्रान्ड सुपरभाइजर प्रायुष निरौलाबीच ब्रान्ड एम्बेसडरसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो।
सम्झौतापछि ब्रान्ड सुपरभाइजर निरौलाले शिल्पा मास्केको प्रतिभा, व्यक्तित्व तथा युवा पुस्तामाझ रहेको लोकप्रियता नोभा क्राउनको ब्रान्ड पहिचानसँग मेल खाने बताएका छन्। उनका अनुसार शिल्पासँगको सहकार्यले उपभोक्तासँग नयाँ र प्रभावकारी ढंगले जोडिन सहयोग पुग्नेछ।
ब्रान्ड एम्बेसडर शिल्पा मास्केले पनि नोभा क्राउनसँग जोडिन पाउँदा खुसी व्यक्त गर्दै गुणस्तरीय तथा प्रिमियम आइसक्रिम अनुभव प्रदान गर्ने उद्देश्य बोकेको ब्रान्डसँग सहकार्य गर्न पाउँदा उत्साहित रहेको बताएकी छन्।
सहकार्यअन्तर्गत मास्के नोभा क्राउनका आगामी विज्ञापन तथा ब्रान्ड कम्युनिकेसन, डिजिटल सामग्री, सामाजिक सञ्जाल अभियान, प्रवर्द्धनात्मक गतिविधि, उपभोक्ता कार्यक्रम तथा विभिन्न मार्केटिङ अभियानमा सहभागी हुनेछन्।
कम्पनीले शिल्पा मास्केसँगको सहकार्यबाट विशेषगरी युवा तथा आधुनिक जीवनशैली अपनाउने उपभोक्तामाझ आफ्नो पहुँच विस्तार हुने र प्रिमियम आइसक्रिम ब्रान्डका रूपमा आफ्नो पहिचान थप बलियो बन्ने विश्वास लिएको जनाएको छ।
सम्झौता हस्ताक्षर समारोहमा फिसटेल डेरी तथा नोभा क्राउन प्रिमियम आइसक्रिमका प्रतिनिधि, सञ्चारकर्मी तथा मनोरञ्जन क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति थियो।
