Logo

शनिवार, कार्तिक ८ गते २०८३

images

मेडिक्वेस्ट डाइग्नोस्टिक र WBC मुआथाई ललितपुरबीच रणनीतिक स्वास्थ्य साझेदारी

मेडिक्वेस्ट डाइग्नोस्टिक र WBC मुआथाई ललितपुरबीच रणनीतिक स्वास्थ्य साझेदारी

मंगलवार, भाद्र ३० २०८३
मंगलवार, भाद्र ३० २०८३
  •  

    ललितपुर — राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (NPHL) बाट स्वीकृत ‘क’ वर्गको अग्रणी प्रयोगशाला मेडिक्वेस्ट डाइग्नोस्टिक लिमिटेड र WBC मुआथाई ललितपुर बीच आगामी ‘एमजिङ मुआथाई नेसनल फेस्टिभल’का लागि रणनीतिक स्वास्थ्य साझेदारी सम्झौता भएको छ।

    सम्झौताअनुसार मेडिक्वेस्ट डाइग्नोस्टिक प्रतियोगिताको ‘एक्सक्लुसिभ डाइग्नोस्टिक पार्टनर’ रहनेछ। आगामी सेप्टेम्बर १७ देखि १९, २०२६ सम्म ललितपुरमा आयोजना हुने राष्ट्रियस्तरको मुआथाई प्रतियोगिताका क्रममा सहभागी खेलाडीहरूलाई आवश्यक स्वास्थ्य परीक्षण तथा प्रयोगशाला निदानसम्बन्धी सेवा मेडिक्वेस्टले उपलब्ध गराउनेछ। सम्झौता पत्र (MoU) मा मेडिक्वेस्ट डाइग्नोस्टिक लिमिटेडकी प्रबन्ध निर्देशक सुभेच्छा घिमिरे र WBC मुआथाई ललितपुरका महासचिव अच्युत नेवाले हस्ताक्षर गर्नुभएको हो।

    आयोजकका अनुसार प्रतियोगितामा देशभरका २० भन्दा बढी जिमबाट एमेच्योर, सेमी–प्रो र एलिट विधाका १५० भन्दा बढी प्रतिस्पर्धी सहभागी हुनेछन्। राष्ट्रियस्तरको प्रतियोगितामा ठूलो संख्यामा खेलाडी सहभागी हुने भएकाले उनीहरूको स्वास्थ्य अवस्था, शारीरिक क्षमता तथा आवश्यक प्रयोगशाला परीक्षणलाई प्राथमिकतामा राखिएको बताइएको छ।

    हस्ताक्षर समारोहमा खेलाडीको स्वास्थ्य र सुरक्षालाई प्रतियोगिताको महत्वपूर्ण पक्षका रूपमा जोड दिइएको थियो। विशेषगरी मुआथाईजस्ता मार्सल आर्ट्स खेलमा खेलाडीहरूले उच्च शारीरिक क्षमता र जोखिमपूर्ण प्रतिस्पर्धाको सामना गर्नुपर्ने भएकाले नियमित स्वास्थ्य निगरानी तथा गुणस्तरीय निदान सेवा आवश्यक हुनेमा जोड दिइयो।

    ‘खेलकुद, विशेष गरी मार्सल आर्ट्समा उच्चस्तरीय निदान र स्वास्थ्य निगरानी खेलाडीहरूको सुरक्षाका लागि अपरिहार्य छ,’ समारोहमा वक्ताहरूले भने, ‘यस सहकार्यले अन्तर्राष्ट्रिय खेलकुद मापदण्डअनुरूप खेलाडीहरूलाई स्वास्थ्य सुरक्षा प्रदान गर्न महत्वपूर्ण सहयोग पुर्‍याउनेछ।’

    १३ वर्षदेखि गुणस्तरीय निदान सेवा

    मेडिक्वेस्ट डाइग्नोस्टिकले विगत १३ वर्षदेखि गुणस्तरीय प्रयोगशाला तथा निदान सेवा प्रदान गर्दै आएको जनाएको छ। संस्था ISO 9001:2015 प्रमाणित तथा NABL ISO 15189:2022 मान्यता प्राप्त संस्था हो।

    पुल्चोक, ललितपुरमा मुख्य प्रयोगशाला रहेको मेडिक्वेस्टले नेपालमा IHC, फ्लो साइटोमेट्री, PCR तथा साइटोजेनेटिक्स जस्ता अत्याधुनिक प्रयोगशाला प्रविधि भित्र्याउँदै आएको छ।

    हाल मेडिक्वेस्टले विराटनगर र पोखरामा शाखा प्रयोगशाला तथा बानेश्वर, पाटन र चितवनमा संकलन केन्द्रमार्फत आफ्नो सेवा विस्तार गरिरहेको छ।

    मुआथाई खेलको विकासमा WBC को भूमिका

    WBC मुआथाई ललितपुर नेपालमा मुआथाई खेलको प्रवर्द्धन, विकास तथा खेलाडी उत्पादनमा सक्रिय आधिकारिक जिल्ला निकायका रूपमा कार्यरत रहेको बताइएको छ।

    आगामी राष्ट्रिय प्रतियोगितामार्फत देशभरका विभिन्न जिम तथा खेलाडीलाई एउटै प्रतिस्पर्धात्मक मञ्चमा ल्याउने तयारी गरिएको छ। मेडिक्वेस्टसँगको स्वास्थ्य साझेदारीले प्रतियोगितामा सहभागी खेलाडीहरूको स्वास्थ्य सुरक्षालाई थप व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्ने आयोजकको विश्वास छ।

    स्वास्थ्य संस्था र खेलकुद क्षेत्रबीच भएको यस प्रकारको सहकार्यले खेलाडीको प्रदर्शनसँगै उनीहरूको स्वास्थ्य तथा सुरक्षालाई पनि समान प्राथमिकता दिनुपर्ने सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ।

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    Copyright © All right reserved to digdarshan.com Site By: SobizTrend