Logo

आइतवार, कार्तिक ९ गते २०८३

images

पृथ्वी राजमार्ग सञ्चालनमा, गल्छी–मलेखु खण्डमा अत्यावश्यक सवारीसाधन आवागमन सुचारु

पृथ्वी राजमार्ग सञ्चालनमा, गल्छी–मलेखु खण्डमा अत्यावश्यक सवारीसाधन आवागमन सुचारु

शुक्रवार, भाद्र १२ २०८३
शुक्रवार, भाद्र १२ २०८३
  •  

    काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत गल्छी–मलेखु खण्डमा थुप्रिएको लेदो पन्छाएसँगै राजमार्गमा सवारीसाधनको आवागमन सुचारु भएको छ ।

    लेदोका कारण सडकमा रोकिएका तथा अलपत्र अवस्थामा रहेका सवारीसाधनलाई सुरक्षित रूपमा गन्तव्यतर्फ पठाइएको छ । पहिलो चरणमा अत्यावश्यक सवारीसाधनलाई प्राथमिकताका आधारमा आवागमनको व्यवस्था मिलाइएको हो । 

    राजमार्ग खुलाउने तथा सडकमा थुप्रिएको लेदो पन्छाउने काम जारी राख्दै पृथ्वी राजमार्ग सञ्चालनमा ल्याइएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । 

    सडक पूर्णरूपमा सहज बनाउन लेदो हटाउने तथा सडक सफाइको कामलाई निरन्तरता दिइएको मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    Copyright © All right reserved to digdarshan.com Site By: SobizTrend