काठमाडौं । डोनाल्ड ट्रम्प राष्ट्रपति आएपछि अन्य राष्ट्रलाई दिइएको सहयोग रोक्ने क्रममा अमेरिकाले नेपाल यसअघि लागु भइएको एमसीसी परियोजना पनि रोकेको छ । तत्कालका लागि भन्दै उसले मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी सहयोग रोकेको हो ।
यद्ययी यो सदाका लागि नभई तत्काल ९० दिनको लागि रोकिएको हो । ‘अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) ले मिति फागुन गतेको इमेल पत्रमार्फत नेपाल सरकार र उक्त निकायबिच सम्वत् २०७४ भदौ २९ मा सम्पन्न कम्प्याक्ट अन्तर्गत कार्यान्वयन भइरहेका आयोजनाहरूसँग सम्बन्धित एमसीसी फण्डबाट भुक्तानी हुने क्रियाकलापहरू अमेरिकी राष्ट्रपतिको जनवरी २०, २०२५ मा जारी ९० दिनको स्थगनसम्बन्धी कार्यकारी आदेशानुसार रोकिएको ब्यहोरा सरोकारवालाहरूलाई जानकारी गराइन्छ।’ अर्थ मन्त्रालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।
केही दिनअघि युएसएड अन्तर्गतका सबै सहयोग रोकेको अमेरिकाले अहिले मिलिनियम च्यालेञ्ज कर्पोरेसन अन्तर्गतको सहयोग समेत रोकेको छ ।
