Logo

शनिवार, कार्तिक ८ गते २०८३

images

स्वास्थ्य मन्त्रीद्वारा मधेस प्रदेशका स्वास्थ्य संस्थाको अनुगमन

स्वास्थ्य मन्त्रीद्वारा मधेस प्रदेशका स्वास्थ्य संस्थाको अनुगमन

आइतवार, श्रावण ३१ २०८३
आइतवार, श्रावण ३१ २०८३
  •  

    लहान। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सिरहाको लहानस्थित विभिन्न स्वास्थ्य संस्थाको अनुगमन तथा निरीक्षण गरेकी छिन् । 

    उनले रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पताल पुगेर अस्पतालको समग्र सेवा प्रवाह, पूर्वाधार तथा उपचार व्यवस्थाबारे जानकारी लिनुका साथै ट्रमा सेन्टर निर्माणका लागि प्रस्तावित जग्गाको स्थलगत अवलोकन गरेकी हुन् ।

    पूर्व–पश्चिम राजमार्गमा हुने सवारी दुर्घटनाका घाइतेलाई समयमै उपचार उपलब्ध गराउन लहानमा प्रभावकारी ट्रमा सेवा आवश्यक रहेको उल्लेख गर्दै उनले ट्रमा सेन्टर सञ्चालनलाई प्राथमिकताका साथ अघि बढाउने बताएकी हुन् ।

    यसै क्रममा मन्त्री मेहेताले सगरमाथा चौधरी आँखा अस्पताल र महेन्द्र ज्ञानी प्रसूति गृहको समेत निरीक्षण गर्नुभएको छ। उहाँले स्वास्थ्य संस्थामा उपलब्ध सेवा, जनशक्ति, पूर्वाधार, उपकरण तथा बिरामीले प्राप्त गरिरहेको सेवाको अवस्थाबारे जानकारी लिएकी थिइन् । 

    स्वास्थ्य सेवाको पहुँच विस्तारसँगै गुणस्तरीय, सहज र प्रभावकारी स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यले आवश्यक सुधार तथा व्यवस्थापनलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरिन् ।

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    Copyright © All right reserved to digdarshan.com Site By: SobizTrend