Logo

शनिवार, कार्तिक ८ गते २०८३

images

पहिरो हटाएपछि बीपी राजमार्ग सुचारु 

पहिरो हटाएपछि बीपी राजमार्ग सुचारु 

सोमवार, श्रावण २५ २०८३
सोमवार, श्रावण २५ २०८३
  •  

    रामेछाप । काभ्रेको रोशी गाउँपालिका–९ पिन्थली, नार्केमा वर्षासँगै लेदोसहितको पहिरो खसेपछि केही समय पूर्णरूपमा अवरुद्ध भएको बीपी राजमार्ग पुनः दुईतर्फी सञ्चालनमा आएको छ।

    गएराति परेको अविरल वर्षाका कारण सडकको माथिल्लो भागबाट ठाउँ–ठाउँमा लेदोसहितको पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको थियो। पहिरोका कारण केही समय उक्त सडकखण्डमा सवारीसाधनको आवतजावतसमेत ठप्प भएको थियो।

    पहिरो हटाएपछि अहिले बीपी राजमार्गमा दुवैतर्फी सवारीसाधन सञ्चालन भइरहेको प्रहरीले जनाएको छ। यद्यपि, वर्षा निरन्तर भइरहेकाले सडकका विभिन्न स्थानमा पुनः पहिरो तथा लेदो खस्ने जोखिम कायमै रहेको प्रहरीले जनाएको छ।

    प्रहरीले बीपी राजमार्ग हुँदै यात्रा गर्ने यात्रु तथा सवारी चालकलाई सावधानी अपनाउन, सडकको 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    Copyright © All right reserved to digdarshan.com Site By: SobizTrend