Logo

शनिवार, कार्तिक ८ गते २०८३

images

आजदेखि एचपीभी खोप अभियान, १७ लाख किशोरीलाई दिने लक्ष्य

आजदेखि एचपीभी खोप अभियान, १७ लाख किशोरीलाई दिने लक्ष्य

मंगलवार, माघ २२ २०८१
मंगलवार, माघ २२ २०८१
  •  

    काठमाडौं । देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क एचपीभी खोप अभियान सुरु भएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित शिवपुरी उच्च मावि खोप केन्द्र खटिएका काठमाडौं महानगरपालिका वडा नम्बर ३ का स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै अभियानको शुभारम्भ गरेका छन् । 

    फागुन ६ गतेसम्म देशभरि एकैपटक सञ्चालन यो अभियानमा देशभरका विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका १६ लाख ८८ हजार ७६८ जना किशोरीहरुलाई यो खोप दिने लक्ष्य छ ।

    खोप सुरक्षित र प्रभावकारी भएकाले ढुक्क भएर लगाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    Copyright © All right reserved to digdarshan.com Site By: SobizTrend