Logo

आइतवार, कार्तिक ९ गते २०८३

images

पहिलो पटक विधुत मर्मत चालू अवस्था मै गर्न सकिने 

पहिलो पटक विधुत मर्मत चालू अवस्था मै गर्न सकिने 

आइतवार, आषाढ १४ २०८३
आइतवार, आषाढ १४ २०८३
  • नेपालमा पहिलो पटक विधुत मर्मत चालू अवस्था मै गर्न सकिने भएको छ । हालै नेपाल विद्युत् प्राधिकरणले बुटलवमा ११ केभी अर्थात ११,००० किलोभोल्टको विद्युत् लाइन चालु अवस्थामै मर्मत गर्न सकिने नया प्रविधिको परीक्षणसँगै शुभारम्भ गरेको छ । नेपाल विधुत प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले ​लुम्बिनी प्रादेशिक कार्यालय बुटवलबाट एक कार्यक्रमकाबीच उक्त नयाँ प्रविधिको औपचारिक शुभारम्भ गरिएको प्राधिकरणले जनाएको छ । उक्त कार्यक्रमलाई सम्बोधन गर्नु हुँदैै कामु कार्यकारी निर्देशक श्रेष्ठले यसबाट प्राविधिक सम्भाव्यताका आधारमा मर्मत कार्य गर्दा विद्युत् आपूर्ति बन्द गर्नुपर्ने पूरानो अवस्थालाई न्यून गर्न सघाउने छ । यो प्रविधिलाई नेपालभर विस्तार गरिने कुरा उहाँले बताउनु भयो । यस्तो सफल परीक्षणले भविष्यमा चालु लाइनमै मर्मत गर्न सकिने छ । यो विधुत वितरणको क्षेत्रमा माइलस्टोन पनि हो ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    Copyright © All right reserved to digdarshan.com Site By: SobizTrend