Logo

आइतवार, कार्तिक ९ गते २०८३

images

पूर्वमन्त्री अधिकारीलाई पुनः पक्राउको माग गरिएको रिट इजलासको आदेशमा दर्ता

पूर्वमन्त्री अधिकारीलाई पुनः पक्राउको माग गरिएको रिट इजलासको आदेशमा दर्ता

शुक्रवार, मंसिर २१ २०८१
शुक्रवार, मंसिर २१ २०८१
  • काठमाडौं । कोसी प्रदेशका पूर्वमन्त्री लीलावल्लभ अधिकारीलाई मानव तस्करी मुद्दामा पुनः पक्राउ गरी अनुसन्धान अघि बढाउन माग गरिएको रिट सर्वोच्च अदालतको इजलासको आदेशमा दर्ता गरिएको छ।

    यसअघि सर्वोच्च प्रशासनले दर्ता गर्न अस्वीकार गरिएको रिट इजलासको आदेशमा दर्ता भएको निवेक वरिष्ठ अधिवक्ता दिनेशमणि त्रिपाठीले जानकारी दिए।
    उनका अनुसार उक्त रिटको प्रारम्भिक सुनुवाइ मंसिर २३ गते हुने भएको छ।

    काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयले जापानमा मानव बेचविखन तथा ओसारपसार गरेको आरोपमा पक्राउ परेका कोसी प्रदेशका पूर्वमन्त्री अधिकारीविरुद्ध मंसिर १० गते मुद्दा नचलाउने निर्णय गरेको थियो।
    मुद्दा नचलाउने गरी जिल्ला सरकारी वकिल कार्यालयले गरेको निर्णय प्रथम दृष्टिमै गैरकानुनी, बदनियतपूर्ण एवं स्वेच्छाचारी भएकोले उक्त निर्णय बदर गरी लीलावल्लभ अधिकारीलाई तत्काल पक्राउ गरी मुद्दा चलाउन’ त्रिपाठीले रिट निवेदनमा माग गरेका छन्।

    जिल्ला प्रहरी परिसर काठमाडौँले अधिकारीलाई समेत प्रतिवादी बनाउन राय दिएको भए पनि सरकारी वकिल कार्यालयले उनको संलग्नता नदेखिएको भन्दै मुद्दा नचलाउने निर्णय गरेको थियो। लगत्तै अधिकारी रिहा भएका थिए। उनीसँग पक्राउ परेका अन्य ११ जनाविरूद्ध भने मुद्दा चलाइएको छ।

     
     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    Copyright © All right reserved to digdarshan.com Site By: SobizTrend