Logo

आइतवार, कार्तिक ९ गते २०८३

images

पेट्रोलको मूल्य बढ्यो

पेट्रोलको मूल्य बढ्यो

आइतवार, मंसिर १६ २०८१
आइतवार, मंसिर १६ २०८१
  •  

    काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी प्रतिलिटर एक रुपैयाँले पेट्रोलको मूल्य बढाएको हो । 

    त्यस्तै, हवाई इन्धनको मूल्य पनि बढेको छ । आन्तरिकतर्फ २ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रति किलोलिटर १५ डलरले मूल्यवृद्धि भएको निगमले जनाएको छ ।

    खाना पकाउने ग्यासको भने मूल्य बढेको छैन । ग्यासको मूल्य बढेर आएपनि उपभोक्ताको हितलाई मध्यनजर गर्दै अहिलेलाई यथावत् राखिएको निगमले जनाएको छ । 

    यो सँगै पहिलो वर्गमा पेट्रोलको मूल्य १ सय ५७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १ सय ५९ र तेस्रो वर्गमा १६० कायम भएको छ ।

    पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज छन् । दोस्रो वर्गमा सुर्खेत र दाङलाई राखिएको छ भने तेस्रो वर्गमा काठमाडौं, पोखरा र दिपायल छन् ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    Copyright © All right reserved to digdarshan.com Site By: SobizTrend