Logo

आइतवार, कार्तिक ९ गते २०८३

images

परराष्ट्रमन्त्री राणाको चीन भ्रमण मन्त्रीपरिषदबाट स्वीकृत

परराष्ट्रमन्त्री राणाको चीन भ्रमण मन्त्रीपरिषदबाट स्वीकृत

मंगलवार, मंसिर ११ २०८१
मंगलवार, मंसिर ११ २०८१
  • काठमाडौँ । मन्त्रीपरिषदले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको चीन भ्रमण स्वीकृत गरेको छ । मन्त्रिपरिषद् बैठकले मन्त्री राणालाई मंसिर १३ गते चीन जाने भ्रमणको स्वीकृति दिएको हो ।
    सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङका अनुसार सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको सन्दर्भमा परराष्ट्रमन्त्री राणाको मंसिर १३ देखि १५ गतेसम्मको भ्रमणको प्रतिनिधि मण्डलका सदस्यहरूको भ्रमण स्वीकृत गरेको छ ।

    प्रधानमन्त्री ओलीले मंसिर १७ गतेदेखि चीनको भ्रमण गर्दै छन् ।

    उनले भने, ‘मन्त्रीपरिषद्को बैठकले सम्माननीय प्रधानमन्त्रीको चीन भ्रमणको सन्दर्भमा मान्य परराष्ट्रमन्त्री आरजु राणा देउवाको मंसिर १३ गतेदेखि १५ गतेसम्मको भ्रमणको प्रतिनिधि मण्डलको जुन जुन सदस्य हुनुहुन्छ, चीनको भ्रमणको स्वीकृति प्रदान भएको छ ।’

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    Copyright © All right reserved to digdarshan.com Site By: SobizTrend