Logo

आइतवार, कार्तिक ९ गते २०८३

images

एकै दिनमा १५ हजार घट्यो सुनको मुल्य

एकै दिनमा १५ हजार घट्यो सुनको मुल्य

सोमवार, मंसिर १० २०८१
सोमवार, मंसिर १० २०८१
  • काठमाडौं । सोमबार सुन र चाँदीको मूल्यमा प्रतितोला १५ हजार ९०० रुपैयाँ घटेको छ भने चाँदी तोलामा ११५ रुपैयाँ घटेको छ । आज छापावाल सुन प्रतितोला एक लाख ५१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजोको सुनको मुल्य बजारमा छापावाल सुन प्रतितोला एक लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

    सोमबार चाँदीको मूल्य ११५ रुपैयाँले घटेको छ । चाँदीको प्रतितोला एक हजार ८४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । 

    सरकारले सुन तथा चाँदीमा लाग्ने कर घटाएपछि सुन र चाँदीको मूल्य घटेको हो । सुन आयातमा सरकारले २० प्रतिशत कर लिदै आएको थियो । मन्त्रिपरिषद्को बैठकले १० प्रतिशतविन्दुले घटाएर भन्सार दर १० प्रतिशत कायम गरेपछि सोमबार सुनको मूल्यमा ठूलो गिरावट आएको हो । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    Copyright © All right reserved to digdarshan.com Site By: SobizTrend