काठमाडौं । रास्वपाका सभापति रबि लामिछानेलाई थप १५ दिन थुनामा राख्न अदालतले अनुमती दिएको छ । सहकारी रकम दुरुपयोगको अनुसन्धान नसकिएको भन्दै जिल्ला प्रहरी कास्कीले रबिलाई म्याद थपको लागि आज अदालत लगेको थियो । यसअघि थपिएको १३ दिनको म्याद सकिएछि आजै अदालत उपस्थित गराइएको हो । लामिछानेलाई सहकारीको रकम गोरखा मिडिया माफर्त दुरुपयोगको आरोप लागेको छ । गत कात्र्तिक २ गते पक्राउ परेका लामिछानेलाई यसअघि बुटवल लगेर सोधपुछ गरिएको थियो । उनलाई बुटवल, पोखरा, चितवनका सहकारी रकम दुरुपयोगको आरोप लाग्दै आएको छ ।
