काठमाडौं । मंगलबार सेयर बजारमा उच्च अंंकको गिरावट आएको छ । यसदिन नेप्से ५१ अंकले घटेको छ । ९ अर्ब ४६ करोडभन्दा माथिको कारोबार भएको आजको बजारमा सबैभन्द बढी जलविद्युत समूह घटेको छ । ५१ अंकको गिरावटसँगै नेप्से परिसूचक २७०२ दशमलब ६५ विन्दुमा पुगेको छ । त्यसैगरी यस दिन सेन्सेटिभ इण्डेक्स ७ दशमलब ४ अंक घटेको छ भने फ्लोट इण्डेक्स ३ दशमलब ५२ अंक र सेन्सेटिभ इण्डेक्स २ दशमलब ७० अंक घटेको छ।
