Logo

शनिवार, कार्तिक ८ गते २०८३

images

बुटवल नारायणगढ सडकखण्डमा प्रधानमन्त्रीको चासो, ठेक्का तोड्ने चेतावनी

बुटवल नारायणगढ सडकखण्डमा प्रधानमन्त्रीको चासो, ठेक्का तोड्ने चेतावनी

बिहिवार, कार्तिक २९ २०८१
बिहिवार, कार्तिक २९ २०८१
  • काठमाडौं । जनगुनासो बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवल नारायणगढ सडकको अवस्था बारे चासो राखेका छन् । आउदो मंसिरदेखि काम सुरु नभए ठेक्का तोडिने समेत चेतावनी दिएका छन् । नवलपरासी, रुपन्देहीमा पर्ने उक्त सडकखण्डको अवस्था अलपत्र हुँदा प्रधानमन्त्रीले चासो देखाएका हुन् । उक्त सडक खण्डमा काम रोकिएकोबारे चासो राख्दै सम्बन्धित मन्त्री, मन्त्रालयका अधिकारी, त्यसक्षेत्रका जनप्रतिनिधिसहितसँगको छलफलमा प्रधानमन्त्री ओलीले आउँदो मङ्सिरभित्र काम सुरु नभएमा ठेक्का तोड्ने बताएका हुन् । 
    छलफलमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, भूमि व्यवस्था तथा सहकारीमन्त्री बलराम अधिकारी, भौतिक मन्त्रालयका सचिव केशव शर्मालगायत सहभागी थिए ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    Copyright © All right reserved to digdarshan.com Site By: SobizTrend