Logo

आइतवार, कार्तिक ९ गते २०८३

images

यूएईलाई हराउँदै नेपाल यू–१९ महिला विश्वकपमा छनोट

यूएईलाई हराउँदै नेपाल यू–१९ महिला विश्वकपमा छनोट

बुधवार, कार्तिक २८ २०८१
बुधवार, कार्तिक २८ २०८१
  • काठमाडौं । घरेलु टिम युनाइटेड अरब इमिरेट्स ९यूएई० माथि आठ विकेटको सहज जित निकाल्दै नेपाली युवा महिला क्रिकेट टिम आईसीसी यू–१९ विश्वकपमा छनोट भएको छ । नेपाली यू–१९ महिला क्रिकेट टिम पहिलोपटक विश्वकपमा छनोट भएको हो ।

    यूएईको सेभेन डिस्ट्रिक मैदानमा सम्पन्न खेलमा यूएईले प्रस्तुत गरेको ८४ रनको लक्ष्य नेपालले १४।४ ओभरमा पूरा गरेसँगै विश्वकप यात्रा तय गरेको हो ।  विश्वकपमा छनोट हुन आज नेपालले यूएईविरुद्ध १६।२ ओभरमा जित निकाल्न पर्ने समीकरण थियो । समीकरणभन्दा अघि नै जित निकालेसँगै नेपाली युवा महिला टिम यू–१९ विश्वकपमा छनोट भएको हो ।

    नेपालको जितमा ओपनर साना प्रविनले अविजित ३५ रन बनाइन् । उनले ४२ बलमा एक चौका प्रहार गरिन् । यस्तै, कप्तान पुजा महतोले २१, सोनी पाख्रिनले १३ र सवित्री धामीले १२ रन थपिन् ।

    यूएईकी मेहक ठाकुरले दुई विकेट लिएकी थिइन् । त्यसअघि टस जितेर ब्याटिङमा आएको घरेलु टिमले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ८३ रनको योगफल खडा गरेको थियो ।

    यूएईकी समाइरा धर्निधर्काले ३१ रन बनाएकी थिइन् । रिनिथा रजिथले २० र इन्दुजा नन्दाकुमारले १० रन थपिन् । यसबाहेक, अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । यूएईका चार ब्याटर शून्यमा आउट भएका थिए ।

    नेपालबाट कृष्मा गुरुङले चार विकेट लिएकी थिइन् । चार ओभर बलिङ गरेकी कृष्माले १३ रन खर्चिइन् । सिमा केसी र रिया शर्माले समान दुई विकेट लिँदा रचना कुमारी चौधरीले एक विकेट हात पारिन् ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    Copyright © All right reserved to digdarshan.com Site By: SobizTrend