Logo

आइतवार, कार्तिक ९ गते २०८३

images

बस र माइक्रो ठोक्किदा ४ जनाको मृत्यु

बस र माइक्रो ठोक्किदा ४ जनाको मृत्यु

शुक्रवार, कार्तिक २३ २०८१
शुक्रवार, कार्तिक २३ २०८१
  • काठमाडौं । नारायणगढ मुग्लिन सडकको सत्रकिलोमा बस र हायस ठक्कर खादा ४ जनाको मृत्यु भएको छ । आज विहान ३ बजे भएको उक्त दुरघटनामा हायस माइक्रोमा  सवार ४  जनाको मृत्यु भएको हो  ।

    दुर्घटनामा परी मृत्यु भएका मध्ये गोरखाका आरुघाटका राजबहादुर गुरुङको मात्रै सनाखत भएको छ । अन्य मृतक एक महिला र अन्य दुई पुरुषको भने सनाखत हुन सकेको छैन । मृतक सबै हायस माइक्रोमा सवार हुन् ।

    चितवन प्रहरीका अनुसार मुग्लिङबाट  नारायणगढ तर्फ आउदै गरेको बा. प्र. ०६-००१ज ०२९८ नं. को  ई. भि. हाइस र नारायणगढबाट मुग्लिङ तर्फ जाँदै गरेको बा. प्र. ०३-००१ ख २८१२ नं.को बस एक आपसमा ठक्कर खाएका हुन् ।  बस चालक जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा. ९ बस्ने बर्ष ४४ का  सुर्य बिक्रम  बिष्ट नियन्त्रणमा छन्। 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    Copyright © All right reserved to digdarshan.com Site By: SobizTrend