Logo

आइतवार, कार्तिक ९ गते २०८३

images

रबिलाई थप १० दिन थुनामा राख्न अनुमति

रबिलाई थप १० दिन थुनामा राख्न अनुमति

मंगलवार, कार्तिक २० २०८१
मंगलवार, कार्तिक २० २०८१
  • काठमाडौं । रास्वापाका सभापति रबि लामिछानेलाई थप १० दिन अनुसन्धानको लागि थुनामा राख्न अदालतले अनुमति दिएको छ । कास्की जिल्ला न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले थप १० दिन अनुसन्धानको लागि अनुमति दिएको हो ।

    लामिछानेको अघिल्लो म्याद कार्तिक १५ गते सकिएकोमा तिहारको बिदाका कारण सोही दिन देखि गनिने गरी १० दिनको म्याद दिइएको हो । यसको अर्थ लामिछानेमाथि अरु थप पाँच दिनसम्म प्रहरीले अनुसन्धान गर्ने समय पाएको छ ।

    यद्यपी प्रहरीले १५ दिनको अनुसन्धानको समय माग गरेको थियो । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि भन्दै प्रहरीले गत कार्तिक २ गते लामिछानेलाई काठमाडौंबाट प्रक्राउ गरी पोखरा लगेको थियो । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    Copyright © All right reserved to digdarshan.com Site By: SobizTrend