Logo

शनिवार, कार्तिक ८ गते २०८३

images

पोखरीमा कार खस्दा दुईजनाको मृत्यु

पोखरीमा कार खस्दा दुईजनाको मृत्यु

मंगलवार, कार्तिक २० २०८१
मंगलवार, कार्तिक २० २०८१
  • काठमाडौं । सर्लाहीमा कार पोखरीमा खस्दा दुई जनाको मृत्यु भएको छ । ईश्वरपुर नगरपालिका–२ मियाँखोरस्थित पोखरीमा खसेको कारमा सवार दुईको मृत्यु भएको हो ।  सशस्त्र प्रहरीको गोताखोरले खसेको कार निकाल्दा दुई जनाको शव पेला परेको हो । मृत्यु हुनेमा महोत्तरी गौशाला नगरपालिका–१० सुरेश महतो र सोनवा गाउँपालिका–८ का ३७ वर्षीय रामाकान्त ठाकुर रहेको प्रहरीले जानकारी दिएको छ । कारमा सवार अर्का एक व्यक्ति भने पौडिएर बाच्न सफल भएका छन् । सर्लाहीको बयलवासबाट महोत्तरीको गौशाला जाँदै गरेको लु २ च ६७५८ नम्बरको कार अनियन्त्रित भई आज बिहान पोखरीमा खसेको थियो । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    Copyright © All right reserved to digdarshan.com Site By: SobizTrend