काठमाडौं । नेपाल साफ महिला च्याम्पियनसिपको फाइन्लमा प्रवेश गरेको छ। भारतलाई सेमी फाइनलमा टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा १–१ को बराबरी भएपछि खेल टाइब्रेकरमा गएको हो । नेपाल अब उपाधिका लागि बंगालदेशसँग खेल्ने छ । बंगलादेश भुटानलाई ७–१ गोल अन्तरले हराउँदै फाइनलमा पुगेको थियो।
