Logo

आइतवार, कार्तिक ९ गते २०८३

images

यो सरकार पूरै समय चलोस, कुहिएर नझरोस

यो सरकार पूरै समय चलोस, कुहिएर नझरोस

शनिवार, कार्तिक १० २०८१
शनिवार, कार्तिक १० २०८१
  • काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो सरकार पुरै चल्नेमा शंका व्यक्त गरेका छन् ।

    काठमाडौंमा माओवादीले गरेको आमसभालाई सम्बोधन गर्दै उनले भने, सरकार पूरै समय चलोस, हामीलाई यो सरकार ढाल्ने फुर्सद छैन ।

    तर सरकार आफै कुहिएर झर्छ कि भन्ने हामीलाई शंका छ । माओवादीले सरकार ढाल्ने कुनै काम गरेको छैन बरु सत्ता पक्ष आफै आतंकित भएको छ प्रचण्डले भने ।

    संविधान र गणतन्त्र माओवादीको मुख्य एजेण्डा भएका कारण सरकारतिर कुनै चासो नभएको उनको भनाइ थियो । माओवादीको मुख्य गणतन्त्र र संविधान भएकाले यसलाई जोगाउन खबरदारी सभा आवश्यक भएको उनको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    Copyright © All right reserved to digdarshan.com Site By: SobizTrend