Logo

आइतवार, कार्तिक ९ गते २०८३

images

आईसीसी वरीयतामा गुल्सन र कुशलको छलाङ, अरुको के छ अवस्था ?

आईसीसी वरीयतामा गुल्सन र कुशलको छलाङ, अरुको के छ अवस्था ?

बिहिवार, कार्तिक ८ २०८१
बिहिवार, कार्तिक ८ २०८१
  • काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आईसीसी० ले सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपालका दुई अलराउन्डरले वरीयतामा छलाङ हानेका छन् । अलराउन्डरतर्फ गुल्सन झाले ११ स्थान सुधार गरी ४०औँ स्थान ओगटेका छन् । यो क्याटागोरीमा दीपेन्द्रसिंह ऐरी दोस्रो स्थानमा यथावत् छन् भने शीर्ष स्थानमा इंग्ल्यान्डका लियम लिंग्वेस्टन छन् ।

    अमेरिकामा हालै नेपालले खेलेको तीन खेलको टी– २० सिरिजमा खेलाडीले गरेको प्रदर्शनले उनीहरूको वरीयतामा सुधार आएको हो । नेपालका ब्याटर कुशल मल्ल पहिलोपटक टप सयभित्र अटाउँदा ३१ स्थानमा छलाङ हानेका छन् । यद्यपि उनी अलराउन्डरतर्फ भने ४३औँ स्थानमा पुगेका छन् ।

    अलराउन्डरतर्फको वरीयतामा धेरै नेपाली खेलाडी टप सयभित्र परे पनि बलिङतर्फ भने दुई जना मात्र छन् । दीपेन्द्रसिंह ऐरी बलिङतर्फ ३ स्थान झरेर ६२औँ स्थानमा छन् भने ब्याटिङतर्फ पनि २ स्थान झरेर ४६औँ स्थानमा छन् ।

    यस्तै, कुशल भुर्तेल अलराउन्डरतर्फ ७ स्थानको सुधार गरी ५०औँमा छन् भने कप्तान रोहित पौडेल ५१औँ स्थानमा यथावत् र करण केसी ४ स्थान सुधार गरी ६९औँ स्थानमा छन् । ब्याटिङतर्फ रोहित पौडेल चार स्थान सुधार गरी ५९औँ स्थानमा छन् । ब्याटिङतर्फ आसिफ शेख २ स्थान सुधार गरी ६९औँ स्थानमा छन् । बलिङतर्फ सोमपाल कामी ३ स्थान सुधार गरी ९२औँ स्थानमा छन् ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    Copyright © All right reserved to digdarshan.com Site By: SobizTrend