Logo

आइतवार, कार्तिक ९ गते २०८३

images

९३ करोडमा २० लाख डोज खोप किन्दै सरकार, अब निजी क्षेत्रले पनि किन्न पाउने

९३ करोडमा २० लाख डोज खोप किन्दै सरकार, अब निजी क्षेत्रले पनि किन्न पाउने

बिहिवार, फाल्गुण ६ २०७७
बिहिवार, फाल्गुण ६ २०७७
  • दुई साता भित्र २० लाख डोज कोभिसिल्ड खोप नेपाल आउने भएको छ । अक्फोर्ड विश्वविद्यालय र एक्ट्राजेनिकाले विकास गरेको तथा भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको खोप नै नेपालले खरिद गर्ने लागेको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक खोपका लागि ४ डलरका दरले ९३ करोड रुपैयाँ बराबरको रकम भारतलाई बुझाइसकेको छ । यसअनुसार एक डोज खोपको नेपाली ४ सय ६४ रुपैयाँ लागत पर्ने भएको छ ।

    यस अघि भारतले १० लाख डोज कोभिसिल्ड खोप अनुदानमा दिएको थियो । खोप खरिद गर्ने विषयमा स्वास्थ्य मन्त्री ह्दयेश त्रिपाठीले निकै सहुलियत दरमा खोप नेपाल ल्याउन लागेको बताउनुभयो । मन्त्री त्रिपाठीले दुई हप्ता भित्र खोप ल्याएर फागुन २३ गते देखि ६० वर्ष उमेर माथिका व्यक्तिलाई खोप लगाउन सुरु गरिने जानकारी दिनुभयो ।

    सरकारले देशको जनसंख्याको ७२ प्रतिशत व्यक्तिलाई खोप लगाउने जनाएको छ । जसमा स्वास्थ्य मन्त्री त्रिपाठीले असार दोस्रो साता भित्र लक्ष्य अनुरुपको खोप लगाई सक्ने दावी गर्नुभयो ।

    विश्व स्वास्थ्य संगठन अन्तर्गतको कोभ्याक्सबाट पहिलो चरणमा २२ लाख ५६ हजार डोज खोप आउने पनि सरकारले जनाएको छ । यस्तै चीन सरकारले ५ लाख डोज खोप अनुदानमा दिने भएपछि औषधि व्यवस्थापन विभागले सार्स कोभ २ भ्याक्सिन (भेरोसेल)लाई आकस्मिक प्रयोगका लागि अनुमति दिइसकेको छ ।

    सरकारले निजी क्षेत्रले समेत खोप ल्याउन सक्ने जनाएको छ । खरिद मूल्यको १० प्रतिशत मात्र नाफा जोड्न पाइने गरी निजी क्षेत्रलाई खोप आयातको अनुमति दिइने भए पनि निजी क्षेत्रले ल्याउने खोप सरकारले भने खरिद नगर्ने भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    Copyright © All right reserved to digdarshan.com Site By: SobizTrend