Logo

आइतवार, कार्तिक ९ गते २०८३

images

चितवनका सिडिओ र एसपी फिर्ता, प्रधानमन्त्रीको पुत्ला जलाउदा रोक्न नसकेको आरोप 

चितवनका सिडिओ र एसपी फिर्ता, प्रधानमन्त्रीको पुत्ला जलाउदा रोक्न नसकेको आरोप 

बुधवार, कार्तिक ७ २०८१
बुधवार, कार्तिक ७ २०८१
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाउँदा पनि मुक दर्शक बनेको भन्दै सरकारले चितवनका सिडिओ र एसीलाई फिर्ता बोलाएको छ । रास्वपाका कार्यकर्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला बनाएर नारायणी नदीमा दाह संस्कार गरेका थिए । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई गृह मन्त्रालयमा फिर्ता बोलाएको छ भने एसपी भावेश्वर रिमाललाई त्यहाँबाट मानव बेचबिखन व्यूरोमा पठाइएको छ । इन्द्रदेव यादवको ठाउँमा गृहमन्त्रालयका प्रकाश पौडेललाई चितवन प्रमुख जिल्ला अधिकारीको जिम्मा दिइएको छ । चितवनको प्रहरी प्रमुखमा मानव बेचविखन अनुसन्धान ब्यूरोका एसपी गौतम मिश्रलाई पठाइएको छ । यादव र रिमाललाई रास्वपाका कार्यकर्ताले प्रधानमन्त्रीको पुत्लाको दाह संस्कार गर्दा पनि रोक्न नसकेको आरोप लागेको छ । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    Copyright © All right reserved to digdarshan.com Site By: SobizTrend